माओवादीको बेनी नगर अध्यक्षमा नगेन्द्र केसी

Gandaki Ghumau

बेनी, । नेकपा माओवादी केन्द्रको बेनी नगर कमिटिको अध्यक्षमा नगेन्द्र केसी चयन हुनुभएको छ ।

बेनीको महारानीथान स्थित माओवादी केन्द्रको पार्टी कार्यालयमा मंगलबार बसेको नगर कमिटिको विस्तारित बैठकले केसीलाई अध्यक्षमा चयन गरेको हो ।

Gunasthariya Shiksya

माओवादीको बेनी नगर कमिटि अध्यक्ष सेरबहादुर केसीले जिल्ला समन्वय समितिको नेतृत्व पाएपछि सो पद रित्त थियो । अध्यक्षमा चयन भएका केसी माओवादी निकट युवा संगठन वाइसिएलको केन्द्रिय सदस्य हुनुहुन्छ ।

Shreekrishna

बैठकले नगर कमिटिको सचिवमा ओमबहादुर रोका र सहसचिवमा गणेश सुवेदीलाई चयन गरेको छ । माओवादी केन्द्रका म्याग्दी जिल्ला ईञ्चार्ज गोविन्द पौडेल, गण्डकी प्रदेस सहसचिव टेकबहादुर बिक, केन्द्रिय सल्लाहकार चन्द्रबहादुर घिमिरे, गण्डकी प्रदेशसभा सदस्य तथा पुर्व मन्त्री रेशम जुग्जाली, सांसद हरि भण्डारी लगायतको उपस्थितिमा बैठक बसेको थियो ।

यसअघि माओवादीको अन्नपूर्ण र मंगला गाउँपालिका कमिटिको बैठक बसेर संगठन सृदृढीकरण, सदस्यता नविकरण लगायत विषयमा निर्णय गरेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...