भाले बास्ने ताल जोड्ने पदमार्ग निर्माण

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चर्चित म्याग्दीको मालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको भाले बास्ने ताल पदमार्गले जोडिएको छ ।

लोकसेवा आयोगले लिने परीक्षामा सोधिने प्रश्न र सामान्य ज्ञानका पुस्तकहरुमा उल्लेख भएको भाले बास्ने ताल म्याग्दीको मालिका–६ र मंगला गाउँपालिका–२ को सिमानामा रहेको छ । मालिका गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत दुखुुबेशी देखि भाले बास्ने ताल जोड्ने पदमार्ग निर्माण गरेको हो ।

गाउँपालिकाका रोजगार सहायक मिलन शर्माले रु. १३ लाख ५० हजार लागतमा २ किलोमिटर ढुङ्गाको सिढी चिनेर पदमार्ग निर्माण भएको जानकारी दिनुभयो । “पदमार्ग नहुँदा जोखिम मोलेर भाले बास्ने ताल र मन्दिरमा जानुपर्ने अवस्था थियो,” उहाँले भन्नुभयो “पदमार्ग बनेपछि हिडेर सहजै तालमा पुग्न सकिने भएको छ ।”

Shreekrishna
म्याग्दी बहुमुखी क्याम्पसको सूचना

चालु आर्थिक वर्ष २०८०÷८१ मा बिनियोजन भएको रु. ४ लाख ५० हजार बजेटबाट ७ जना सुचिकृत बेरोजगार सहित ५० जना अर्धदक्ष कामदार परिचालन गरेर भिरमा सिढी चिन्ने र माटो खनेर ५५० मिटर पदमार्ग निर्माण भएको छ । यसअघि आर्थिक वर्ष २०७७÷७८ र ०७८÷०७९ मा प्रधानमन्त्री रोजगार कार्यक्रमको रु. ९ लाख बजेटबाट १ किलोमिटर ५०० मिटर पदमार्ग निर्माण भएको गाउँपालिकाले जनाएको छ ।

घना जङ्गलको बीचमा दुखु लेकबाट दुखु झरना झरेको छ । झरनाको दायाँतर्फ पर्ने जङ्गलमा मालिका देवीको पुरानो मन्दिर छ । यही दुखु झरनाले मङ्गला र मालिका गाउँपालिकालाई छुट्याएको छ । दायाँतर्फ मालिका र बायाँतर्फ मङ्गला गाउँपालिका पर्दछ । दुवैतिर घना जङ्गल छ ।
झरनाको पुछारमा ताल र तालको सिरानमा मन्दिर छ । यही मन्दिरको वरिपरि बिहानको मिर्मिरेमा भाले बास्ने भएकाले दुई शताब्दीअघिदेखि यस तालको नाम नै ‘भाले बास्ने ताल’ रहेको मालिका गाउँपालिका–६ दुखुवेसीका बासिन्दा समेत रहनुभएका पदमार्ग निर्माण समितिका अध्यक्ष गंग रोकाले बताउनुभयो ।

“यो तालको सिरानमा रहेको मन्दिर वरिपरिको जङ्गली क्षेत्रमा बिहान उज्यालो नहुँदै कुखुराको भाले कहाँबाट आउँछ अनि उज्यालो भएपछि त्यो भाले कहाँ जान्छ भन्ने विषयमा कसैलाई जानकारी छैन,” उहाँले भन्नुभयो “मन्दिरमा बिहान भाले बास्ने समयमा पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । ताल आसपासमा देवताको शक्ति रहेको धार्मिक विश्वास छ ।”
किम्बदन्ती अनुसार दुई शताब्दीअघिको दुखुगाउँका नौ भाइमध्ये एक भाइले भरिया लिएर ताल अवलोकन गर्न गएछन् । ताल नजिकै एउटा घर देखेर राति त्यही विश्राम गरेछन् । बिहान कुखराको भाले बासेकोे आवाजले उनीहरु ब्युँझिँदा दुवै जना ढुङ्गामा सुतेको अवस्थामा आफूलाई पाएछन् । आफ्नो भाकल र पूजाआजा गर्न गएका ती व्यक्ति र भरिया डरले भागेर गाउँमा आएर उक्त घटना सुनाएछन् । सोही घटनाका आधारमा तालको नामकरण गरिएको बताइन्छ । ती व्यक्ति तालबाट फर्किएपछि लामो समयसम्म बलि लिएर पूजा गर्ने गरेको भनाइसमेत थियो ।

बेनीबाट करिब एक घण्टामा सवारीसाधन मार्फत सहश्र्रधारा पुगिन्छ । सहश्र्रधारा, दुखुबेँसी, दरुङ गाउँबाट करिब १ घण्टा पैदलयात्रा गरेपछि यो ताल पुग्न सकिन्छ । जङ्गल विस्तारका कारण वरिपरिको क्षेत्रबाट देख्नै नसकिने र कठिन पहरोलाई छिचोलेर पुग्नै नसकिने ठाउँमा यो ताल खुम्चिएको छ । मालिका गाउँपालिका– ६ का वडाध्यक्ष पथबहादुर रोकाले भाले बास्ने तालको संरक्षण र प्रर्वद्धनमा जोड दिएको बताउनुभयो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...