कालीगण्डकी कोरीडारको चराङ–छोसेर खण्ड अलपत्र

Gandaki Ghumau

जोमसोम, ः राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङको चराङ–छोसेर खण्डमा सडक निर्माणको काम अलपत्र बनेको छ ।

५ वर्षअघि सकिनुपर्ने २५ किलोमिटर दुरिको सडक निर्माणको काम अधुरो हुँदा स्थानीयबासी, पर्यटक र व्यवसायीहरुलाई सास्ती भएको छ । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले सडक निर्माणमा भएको ढिलाईका कारण यातायात सञ्चालनमा समस्या, दुर्घटनाको जोखिम, खाल्डाखुल्डी, धुलो र हिलोले हैरान बनाएको बताउनुभयो ।

“वि.स. २०७३ मा शुरु भएको सडक निर्माणको कामले अझै पूर्णता पाएको छैन,” उहाँले भन्नुभयो “पछिल्लो डेढ वर्षयता निर्माण कार्य झनै सुस्त बनेको छ ।” लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङ देखि लोमान्थाङ गाउँपालिका–१ छोसेरको नेचुङ जोड्ने २५ किलोमिटर सडक स्तरोन्नति गर्न वि.स. २७२ मा तामाङ–गौरी–पार्वति–कोशी एण्ड न्यौपाने जेभीले रु. २६ करोडमा ठेक्का लिएको थियो ।

Shreekrishna

सडकमा धुलोमा गाडी फस्ने, उकालो, साँघुरो ठाउँमा सवारी साधन वारपार गर्न समस्या भएको छ । चराङमा कुलो र ढलको काम बाँकी छ । अरू ठाउँमा कटिङ र फिनिसिङको काम हुन बाँकी छ । सडक छेउमा अलपत्र छाडिएका निर्माण सामग्रीले आवत जावत गर्न समस्या बनाएको छ ।

Gunasthariya Shiksya

वि.स. २०७५ साउनमा सम्पन्न गर्ने लक्ष्य राखिएको सो खण्डको भौतिक प्रगति करिब ८० प्रतिशत रहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । ११ मिटर फराकिलो बनाउने, नाली र पर्खाल निर्माण गरि ग्राभेल गर्ने लक्ष्य सहित आयोजना सञ्चालन भएको हो ।

आयोजना प्रमुख धु्रबकुमार झाले निर्माण कम्पनीलाई काममा फर्काउन पत्राचार र मौखिक रुपमा ताकेता गरिएको बताउनुभयो । “ठेकेदारले मेसिन मर्मत गरेर केही दिनमै काम शुरु गर्ने प्रतिवद्धता सहित कार्यक्षेत्रमा आएको जानकारी गराएका छन,” उहाँले भन्नुभयो “चालु आर्थिक वर्षभित्रनै सम्पन्न गराउन ताकेता गरिरहेका छौ ।”

मुस्ताङको सदरमुकाम जोमसोमबाट चीनको सिमाना कोरला नाका जोड्ने ११० किलोमिटर सडक दुई लेनको ग्राभेल बनाउन बेनी–जोमसोम–कोरला सडक आयोजनाले विसं २०७३÷७४ देखि सातवटा खण्डमा ठेक्का लगाएको थियो । जोमसोम–कोरला सडकको ६ वटा प्याकेजको ७५ किलोमिटर सडक विस्तार, पर्खाल, नाली निर्माण, घुम्ती र ग्रेड सुधार गरी ग्राभेल गर्ने काम सकिएको छ ।

जोमसोम–कोरला सडक स्तरोन्नतिका लागि रु दुई अर्ब छ करोड बजेट विनियोजन भएको थियो । जोमसोम–ताङ्वे १८ किलोमिटर बज्रगुरु खड्गकृष्ण जेभी, ताङ्वेबाट चैलेसम्म ११ किलोमिटर दिवाडाफे एपेक्स जेभी, चैलेबाट भेनासम्म ११ किलोमिटर कान्छाराम कोसी एण्ड न्यौपाने जेभी र भेनाबाट झैतेसम्म १२ किलोमिटर सडक कञ्चनजङ्घा लामा बिल्डर्स बिरुवा जेभीले ठेक्का लिएका थिए । झैते–चराङ १९ किलोमिटर कञ्चनजङ्घा–लामा–मोतीदान जेभी र छोसेर–कोरला १४ किलोमिटर सडक स्तरोन्नतिको जिम्मा रौताहा–एपेक्स जेभी कन्ट्रक्शनले लिएका थिए ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...