खतेन गाउँमा विद्युतीकरण

Annapurna notice 3

बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–३ खतेन गाउँमा केन्द्रिय प्रशारण लाइनको विद्युत सुविधा विस्तार भएको छ ।

नेपाल विद्युत प्राधिकरणले भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित खतेन गाउँमा विद्युतीकरण गरेको हो । प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्रमुख प्रताप बरालले खतेन गाउँका ६० घरमा केन्द्रिय प्रशारण लाइनको बिजुली बलेको जानकारी दिनुभयो ।

“घरघरमा मिटरबक्स जडान भएपछि खतेन गाउँमा विद्युत वितरण थालिएको हो,” उहाँले भन्नुभयो “खनेतका छिमेकी बस्तिका करिब ४०० घरधुरीमा पनि मिटरबक्स वितरणको तयारी गरेका छौ ।”

Shreekrishna

मालिका गाउँपालिकाको २, ३ र ४ नम्बर वडाका ४०० घरधुरीमा विद्युतीकरणका लागि जडान गरिएको ट्रान्सफर्मर र मुख्य लाइनको गत चैत अन्तिम हप्ता परिक्षण गरिएको थियो । विद्युतीकरणका लागि ठेक्का सम्झौता गरेको रविन्द्र÷ढुंगाना जेभीका प्रतिनिधी दिनेश ढुङ्गानाले चार वटा ट्रान्सफर्मर चार्ज र मुख्य लाइनको परिक्षण सफल भएको जानकारी दिनुभयो ।

“मालिकाको वडा नम्बर २ को रुम, बेली, जेम, घाङ्लेपानी, वडा नम्बर ३ को लुप्सीपार, पात्ले र ४ नम्बर वडाको ओखरबोटको मुख्य र शाखा लाइनको पोल गाड्ने, तार तान्ने र ट्रान्सफर्मर जडान गरी चार्च र परिक्षण सफल भएको छ,” उहाँले भन्नुभयो “विद्युत प्राधिकरणले मिटर बक्स वितरण, हाउस वायरीङ गरेपछि ४०० घरधुरीमा केन्द्रिय लाइनको बिजुली बल्छ ।”

DRM Notice 1

नेपाल विद्युत प्राधिकरणको पूर्ण विद्युतीकरण कार्यक्रम अन्तरगत पहिलो चरणमा मालिकाका ३ वटा वडामा बिजुली बाल्ने तयारी भएको हो । मालिकाको २, ३ र ४ नम्बर वडाको घ्याङलेपानी बाहेकका बस्तिका बासिन्दाले हाल उज्यालोका लागि लघुजलविद्युत परियोजनाको विद्युत प्रयोग गर्दै आएका छन् ।

विद्युतको कुनै स्रोत नभएको घ्याङलेपानीका बासिन्दाहरुले सोलार र टुकी प्रयोग गर्छन् । बर्षौको प्रयासपछि बिजुली बाल्ने तयारी भएको मालिका–३ का वडा अध्यक्ष मोतिप्रसाद बुढाले बताउनुभयो । रुममा ४ वर्षअघि तार तान्ने र पोल गाडिएको थियो ।

म्याग्दीका १४ स्थानका दुई हजार १८३ घरधुरीमा राष्ट्रिय प्रशारण लाइनको विद्युत सुविधा विस्तार गर्न गत वर्ष रु. २० करोड बजेट बिनियोजन भएको थियो । यो योजना मार्फत म्याग्दीको भौगोलिक र दुर्गम क्षेत्रमा पर्ने धवलागिरी गाउँपालिकाको गुर्जा बाहेक सबै बस्तिमा केन्द्रिय लाइनको विद्युत सुविधा पुग्ने प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले बताउनुभयो ।

४७.६ किलोमिटर मुख्य र १२६ किलोमिटर शाखा लाइन विस्तार र २० वटा ट्रान्सफर्मर जडान गर्न गत असोज तेस्रो हप्ता रविन्द्र÷ढुंगाना जेभीसँग रु. तीन करोड ५४ लाखमा ठेक्का सम्झौता भएको थियो ।

सामग्री, उपकरण खरिद, ढुवानी सहित सबै काम गर्न कुल रु. बीस करोड ५३ लाख ३६ हजार २७८ लागत अनुमान गरिएको छ । एक वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । नेपाल विद्युत प्राधिकरणको म्याग्दी बितरण केन्द्र अन्तरगत २२ हजार विद्युतका ग्रहाक छन् । गत आर्थिक वर्ष २०७९÷०८० मा एक हजार २३८ उपभोक्ता थपिएका थिए ।

Annapurna rm notice 4
प्रतिक्रिया दिनुहोस
Loading...