दिवंगत अभिभावकको स्मृतिमा अक्षयकोष स्थापना

Gandaki Ghumau

बेनी, ः बेनी बजारका स्वर्गीय गणेशलाल श्रेष्ठको स्मृतिमा उहाँका परिवारले रु. ३ लाख ३ हजारको अक्षयकोष स्थापना गर्नुभएको छ ।

बेनीका तत्कालीन मुखीया गणेशलाल, उहाँका श्रीमतिहरु स्व. गणेशकुमारी, भद्रकुमारी र डम्मर कुमारी श्रेष्ठको नाममा शुक्रबार बेनीमा अक्षयकोषको घोषणा गरिएको हो ।

दिवंगत अभिभावकको स्मृतिमा श्रेष्ठ परिवारले बेनीमा श्रद्धाञ्जली सभा आयोजना गरेर अक्षयकोष घोषणा गरेका हुन् । गणेशलालका छोरा यामबहादुर श्रेष्ठले ६ भाई र ७ जना दिदीबहिनी, नाती, नातिना र पनातीहरुको तर्फबाट घोषणा गरिएको अक्षयकोषमा रकम वृद्धि गर्दै जाने जानकारी गराउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

अक्षयकोषको ब्याज रकम विपन्नको शिक्षा र स्वास्थ्यमा परिचालन गरिने श्रेष्ठले बताउनुभयो । “आर्थिक अभावका कारण शिक्षालाई निरन्तरता दिन नसकेका र अस्पताल पुगेर रोग पहिचान गर्न नसक्ने अवस्थाका नागरिकलाई कोषबाट सघाउने योजना छ,” उहाँले भन्नुभयो ।

गणेशलालका परिवारका सदस्यहरुले यसअघि बेनीको प्रकाश माविलाई रु. १२ लाख सहयोग गर्नुभएको कार्यक्रममा जानकारी गराइएको थियो । गणेशलालका जेठा छोरा दलप्रसादको अध्यक्षतामा भएको कार्यक्रम नेपाल भाषा मंका खःल म्याग्दीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा संविधानसभा सदस्य तथा एमालेका गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा, संविधानसभा सदस्य तथा नेकपा (माओवादी केन्द्र) म्याग्दीका ईञ्चार्ज गोविन्द पौडेल, बेनी नगरपालिकाका पुर्व नगर प्रमुख तथा नेपाली काँग्रेसको उपसभापति हरिकुमार श्रेष्ठ, बेनी नगरपालिका–८ का वडा अध्यक्ष उत्तम कर्माचार्य, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतम लगायतको उपस्थिति रहेको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...