खडेरीले खेतीबाली सुक्न थालेपछि ताकममा जलसमाधी र अखण्ड कितर्न

Add Samajik bikash office

गोपाल आचार्य
ताकम, ः बर्षा नभएर बाली सुकेपछि म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका कृषकले जलसमाधी र चौबिस घण्टे अखण्ड किर्तन गरेका छन् । पानीका इष्टदेवता इन्द्र, वरुण र महादेवको वैदिक पुजाआजा सहित ताकमको पधेराचौरमा जप, ध्यान गर्नुका साथै अखण्ड किर्तन गरेका हुन् ।

ब्राह्माण समाज ताकमको आयोजनामा मंगलबार दिउँसो २ बजेदेखि बुधबार २ बजे सम्म लगातार २४ घण्टा संयुक्त भजन किर्तन र जलसमाधी गरिएको हो । बर्षाका लागि देवतालाई कामना गर्दै जलसमाधी र अखण्ड किर्तन गरिएको आयोजकले जनाएका छन् ।

ठाकुर पौडेल, हरिहर पौडेल, गोविन्द पौडेल, श्यामप्रसाद आचार्य, छवीलाल सुवेदी र ध्रुबराज सुवेदीले निरन्तर ४ घण्टा पानीमा बसेर ‘ओम वरुणाण नम’ मन्त्र ४५ हजार पटक जप गर्नुभएको हो ।

Shreekrishna hardwear in news

१२÷१२ जनाको ३ वटा समूहले पालो लगाएर भजन किर्तन गरेका थिए । पानी छेपाछेप खेलेर भजन किर्तन र जलसमाधी समान गरेका थिए । सहभागीले ‘हरेराम, हरेकृष्ण’ भन्दै नाचगान र किर्तन गरेका थिए ।

Bhautik ministry notice about road

साविक ताकम गाविसको ३, ४, ५ र ६ नम्बर वडाका बासिन्दाहरु सो कार्यक्रममा सहभागि भएका थिए । चन्दा संकलन गरेर अखण्ड किर्तनको व्यवस्थापन गरिएको स्थानीय गोविन्द पौडेलले बताउनुभयो ।

गत माघ महिनायता बर्षा नहुँदा बर्खे बाली लगाउन पाएका छैनन् । कोदो, मकैको बिउ छरेपनि उम्रिएको छैन् । हिउँदे बाली खडेरीले सुकेको, कोदो, मकैको बिउ नउम्रिएको र धानको ब्याड राख्न नपाएको कृषक चिन्तामणी सुवेदीले बताउनुभयो । “यसअघि लामो खडेरीमा यसरी नै पूजा गरेपछि पानी परेको थियो,” उहाँले भन्नुभयो “त्यसपछि लामो खडेरी पर्दा अखण्ड कीर्तन लगाइने गरेको छ ।”

पानीका मुहान सुकेपछि सिचाई र खानेपानीको अभाव भएको छ । खडेरीले खेतीयोग्य जमिन बाँझो राख्नुपर्ने समस्या रहेको छ । ताकम ७ वटा वडा रहेको धवलागिरी गाउँपालिकाको अन्नको भण्डार मानिन्छ ।

कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार कुल तीस हजार ८५६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा १९ हजार ४१९ अथवा ६३ प्रतिशतमा खेती भएको छ । ११ हजार ३५४ हेक्टर अथवा ३७ प्रतिशत जमिन बाँझो छ ।

खेती भएको मध्य ३०.८४ प्रतिशत अथवा ६ हजार १३ हेक्टरमा सिचाई सुविधा पुगेको कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जिव बास्तोलाले बताउनुभयो । खडेरीले खेतीबाली लगाउन र हिउँदेबालीको उत्पादन प्रभावित भएको उहाँले बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...