ठेकेदार र प्राधिकरणको लापरबाहीले मुदीबासीको बिजुली बाल्ने सपना अधुरै

Beni Sanjibani

बेनी । नेपाल बिद्युत प्राधिकरण र सम्बद्ध निर्माण कम्पनीको लापरबाहीका कारण म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा सञ्चालित बिद्युतिकरण योजना प्रभाबित भएको छ ।

मुदी र खाम्लामा बिद्युतिकरण गर्न सञ्चालित योजना प्राधिकरणको बेनी बितरण केन्द्रको बेवास्ता तथा निर्माण ब्यवसायीको लापरबाहीको शिकार भएको हो । गत चैत–बैशाख महिनामै वायरीङ गरेका स्थानीय बासिन्दा अझै बिजुली नबल्दा निराश भएका छन् । लकडाउनको बाहनामा गएका ठेकेदार काममा नफर्किएका र बिद्युत प्राधिकरणले पनि बेवास्ता गरेकाले बिद्युतिकरणमा ढिलाई भएको स्थानीयबासी धनबहादुर पुर्जाले गुनासो गर्नुभयो ।

“बिजुली बल्ने आशामा काँध खुइलिने गरि पोल ढुवानी गरेर गाडेको पनि सात महिना पुग्यो,” उहाँले भन्नुभयो “घरमा वायरिङ गरेपनि मेन लाइन बिस्तार नगर्दा बिजुली बाल्ने सपना अधुरो भयो ।” मुदीका २५५ र खाम्लाका ६५ गत बैशाख महिनामै बिजुली बाल्ने लक्ष्य थियो ।

Mangala Health notice about Je

मच्छिम देखि मुना हुदै मुदी र खाम्ला सम्म मुख्य तथा केही ठाउँमा शाखा लाइनको तार ताल्ने काम बाँकी छ । मुख्य र शाखा पोल गाडिएको छ । सडक सुबिधा नभएका कारण धवलागिरी गाउँपालिकाले गत चैत ५ गते हेलिकप्टरबाट खाम्ला र मुदीमा बिद्युतको ट्रान्सफर्मर ढुवानी गरिदिएको थियो ।

Beni nagarpalika ko janahit ma jari notice

हालै मुदी सडक यातायातमा जोडिएको छ । मुदी र खाम्लाका बासिन्दा उज्यालोका लागि अहिले सोलार र मट्टितेलको टुकीमा निर्भर छन् । बिद्युत प्राधिकरणमा पटक–पटक ध्यानाकर्षण र ताकेता गरेपनि बेवास्ता गरेका धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो ।

“ठेकेदारले प्राधिकरणलाई, प्राधिकरणले प्रदेश कार्यालयलाई दोष देखाउँछन,’ उहाँले भन्नुभयो ‘छिट्टै बिजुली बलेर जनताले सुबिधा पाउलान भनेर हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी गर्नुको उद्देश्य पुरा भएन् ।’ मुदीमा बिद्युतीकरण भएपछि धवलागिरीलाई उज्यालो पालिका धोषणा गर्ने गाउँपालिकाको तयारी छ ।

ठेकेदार कम्पनीका प्रतिनिधि दिनेश थापाले बिद्युत प्राधिकरणले तार र पोलमा राख्ने सामग्री उपलब्ध नगराएकाले काम गर्न नसकेको बताउनुभयो । पोखरा स्थित प्रदेश कार्यालयले तार उपलब्ध नगराएकाले बिद्युतिकरणको काम प्रभावित भएको बिद्युत प्राधिकरण बेनी बितरण केन्द्रका प्रमुख माधव महतले बताउनुभयो ।

“प्रदेश कार्यालयबाट तार आउने बित्तिकै फिल्डमा पठाएर तान्न लगाउँछौ,” उहाँले भन्नुभयो “तिहार लगत्तै बिजुली बाल्ने लक्ष्य सहित पहल गरेका छौ ।” धवलागिरी गाउपालिकाको वडा न.७ मा पर्ने साविक ताकम गाविसका करिब आठ सय र वडा न. ६ मराङको करिब डेढ सय घरमा मात्र केन्द्रीय प्रशारण लाइनको विद्युत पुगेको छ । गत वर्ष वडा न. २ लुलाङमा लघुजलविद्युत र वडा न. ४ कै बगरमा सौर्य उर्जा मार्फत विद्युतिकरण गरिएको छ ।

गुर्जा, मल्कवाङ, खिवाङ र मराङमा लघुजलविद्युत परियोजना मार्फत विद्युतिकरण गरिएको छ । पालिकाका सबै घरमा केन्द्रीय लाइन, लघुजलविद्युत र सौर्य उर्जा मध्य कुनै एक माध्यमको विद्युत सुबिधा पु¥याउने गाउपालिकाको योजना छ । लघुजलबिद्युत परियोजना नभएका र केन्द्रीय लाइन नपुग्ने १२० घरधुरीलाई प्रदेश सरकार मार्फत हालै ५० वाट क्षमताको सोलार सेट बितरण गरिएको थियो ।

Mangala gaupalika Health notice about rebise
प्रतिक्रिया दिनुहोस
Loading...