पुख्र्यौली नाच प्रतियोगितामा काफलडाडा बिजयी

Gandaki Ghumau

सुरेन गुरुङ
भुरुङ्ग–तातोपानी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा सर्वाधिक पुरस्कार राशीको मौलिक पुख्र्यौली नाच प्रतियोगिता सम्पन्न भएको छ ।

अन्नपूर्ण गाउँपालिका स्थापना भएपछि पहिलो पटक आयोजना गरिएको पुख्र्यौली प्रतियोगिताले भुरुङ गाउँमा सांस्कृतिक उत्सव छाएको छ ।

३ दिनसम्म सञ्चालन भएको १२ समूहले सहभागिता जनाएको प्रतियोगितामा अन्नपूर्ण गाउँपालिका–८ काफलडाडा प्रथम, वडा नम्बर १ दोवा दितृय र भुरुङ तातोपानी मैत्री समाज पोखरा तृतीय भएका छन् ।

Shreekrishna

प्रथम, दितृय र तृतीय हुने समूहलाई अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, वडा अध्यक्ष ओमप्रकाश फगामी लगायतले क्रमश नगद रु. ७५ हजार, ६० हजार र ४५ हजारका दरले पुरस्कार वितरण गर्नुभयो ।

मादलेमा अन्नपूर्ण गाउँपालिका–७ रिमा, मारुनीमा वडा नम्बर ५ शिख, हाइमार्नेमा पाउद्धार, भाका लय र शब्दमा काफलडाडा, पोशाकमा वडा नम्बर–४ नारच्याङ उत्कृष्ट भए भने वडा नम्बर २ भुरुङ तातोपानीले अनुशाषित समूहको उपाधी पाएका छन् ।

Gunasthariya Shiksya

प्रतिभा पुन, डम्मर पुर्जा र लालबहादुर पुनको निर्णायक मण्डलले नृत्यको मूल्याङ्कन गर्नुभएको थियो । पुन, मगर समुदायको मौलिक संस्कृतिको रुपमा रहेको पुख्र्यौली नाचको संरक्षण र प्रचारप्रसारका लागि भूमे पुजाको अवसरमा भुरुङ तातोपानीको वडा कार्यालयले पुख्र्यौली नाच प्रतियोगिता आयोजना गरेको हो ।

“पुख्र्यौली नाच पुन, मगर समुदायमा पुर्खौ देखि चलिआएको पाइन्छ, पछिल्लो समय यो नाचयुवा पुस्ताले अगाडी बढाउन नसक्दा हराएर जाने जोखिम बढेको थियो,” प्रतियोगिताका मुल संयोजक समेत रहेका वडा अध्यक्ष ओमप्रकाश फगामीले भन्नुभयो “नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गर्ने माध्ययमका रुपमा प्रतियोगिता आयोजना गरिएको हो ।’’

प्रतियोगितामा सहभागि पुख्र्यौलीनाचहरुमा अन्नपूर्ण गाउँपालिकाका विभिन्न वडाका जनप्रतिनिधि, आमा समूह, युवायुवति, बालबालिका र बृद्धबृद्धा समेतले सहभागिता जनाएका थिए । अन्नपूर्ण गाउँपालिकाले रु ३ लाख बिनियोजन गरेको प्रतियोगिता सञ्चालन गर्न स्वदेश तथा विदेशमा रहेका भुरुङ– तातोपानीवासीको नेतृत्वमा रु. १९ लाख सहयोग जुटेको छ ।

अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुनमगरले समुदायको सांस्कृतिक पहिचानको रुपमा रहेको पुख्र्यौली नाच अन्तरपुस्ता हस्तान्तरणको लागि प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो । उहाँले आगामी वर्षको नीति तथा कार्यक्रममा कला संस्कृति र सांस्कृतिक क्षेत्रलाई प्राथमिकता राखिने बताउँदै मौलिक कला र संस्कृतिको विकास, प्रवर्द्धन र प्रचारप्रसार गरिने बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले पर्यटकीय सम्भावनाले भरिपूर्ण अन्नपूर्ण गाउँपालिकामा रहेका कला र संस्कृतिलाई सांस्कृतिक पर्यटनको माध्यमबाट स्थानीयको आयआर्जन वृद्धि र जीवनस्तर सुधारमा गाउँपालिकाले जोड दिएको बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...