चार महिना अघि पिच भएको बेनी–गलेश्वर सडकमा बिटुमीन ‘बिलडिङ’

Gandaki Pardesh notice

गलेश्वर ः चार महिनाअघि कालोपत्र भएको उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक योजनाअन्तर्गत म्याग्दीको बेनी–गलेश्वर खण्डको सडकमा राखेको बिटुमिन (अलकत्रा) पग्लीन थालेको छ ।

कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा नम्बर ९ गलेश्वर जोड्ने २ किलोमिटर १०२ मिटर बेनी–गलेश्वर खण्डमा गत पुष महिनामा डिबिएसडी प्रबिधिको कालोपत्र गरिएको थियो ।

चिसो मौसममा कालोपत्र गर्ने क्रममा आवश्यकता भन्दा बढी बिटुमिन राखिएकाले गर्मीसँगै पग्लीएर पिच उप्किने जोखिम बढेको प्राविधिकहरुले बताएका छन् । डिबिएसडी प्रबिधिको कालोपत्र गर्ने क्रममा पहिलो चरणमा प्राइम कोड राख्ने र त्यसको २४ घण्टापछि चिप्स सहित पहिलो चरणको कोट बिछ्याउने गरिन्छ ।

Shreekrishna hardwear in news

पहिलो कोट सेट भए (जमे) पछि दोस्रो चरणमा बिटुमीन र चिप्स राख्ने गरिन्छ । प्राविधिकहरुका अनुसार प्रति बर्गमिटर १ देखि १.२ लिटरका दरले बिटुमीन राख्नुपर्नेमा बेनी गलेश्वर सडक कालोपत्र गर्ने क्रममा प्रति बर्गमिटर १.२ लिटर भन्दा बढीका दरले बिटुमिन हालिएकाले पग्लीन थालेको हो । प्राबिधिक भाषामा बेनी–गलेश्वर सडकमा देखिएको समस्या ‘बिलडिङ’ हो ।

Bhautik ministry notice about road

बिटिमुन पग्लीएर पिच उप्किन थालेपछि ठेकेदार कम्पनीले मजदुर परिचालन गरेर बालुवा र ढुङ्गा कुटेर धुलो (डष्ट) पिच गरेको सडकमा राखेका छन् । बालुवा र धुलोका कारण कालोपत्र सडकमा यात्रा गर्न सास्ती भएको छ ।

कालोपत्र भइसकेको सडकमा गर्मीले पग्लीने बिटुमीन सोस्न राखिएको धुलो र बलुवाले स्थानीय बासीको साथै मुस्ताङ जाने आउने पर्यटकहरुलाई सास्ती भएको छ । सवारी साधनको टायर बालुवामा चिप्लिएर दुर्घटना हुने जोखिम बढेको यात्रुहरुले गुनासो गरेका छन् ।

बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख धु्रब कुमार झाले बिलिडिङ हुन थालेपछि सडक मर्मत गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएको र उसले मर्मत गरिरहेको बताउनुभयो । एक वर्षभित्र मर्मत गर्नुपर्ने सम्झौता अनुसार ठेकेदारले आफ्नै खर्चमा मर्मतको काम गरेका उहाँले बताउनुभयो ।

सो सडक कालोपत्र गर्न मङ्गलादेवी सुवास कन्ट्रक्सन प्रा.ली.ले भ्याट÷पिएससहित रु. १२ करोड ७५ लाख ९४ हजार ४३६ मा २०७९ पुष १७ गते ठेक्का सम्झौता गरेको थियो । दुई वर्षमा सम्पन्न गर्ने सम्झौता भएपनि लक्ष्य अघिनै काम सकेका निर्माण व्यवसायी सुवासचन्द्र कार्कीलाई बेनी नगरपालिका, गलेश्वर आमा समूह लगायत संघ संस्थाले सम्मान गरेका थिए ।

भवितब्य र प्राविधिक कारणले सडकमा उत्पन्न समस्या समाधानका लागि मर्मत गरिरहेको शनिबार गलेश्वरमा सडक मर्मतमा खटिनु भएका सञ्चालक कार्कीले बताउनुभयो । सो सडकमा कालोपत्रका अलावा ४ वटा कल्भर्ट निर्माण र २०० मिटर आरसीसी ढलान भएको छ ।

। करिडोरअन्तर्गत ठेक्का लागेका खण्डमध्ये सबभन्दा छिटो, छोटो समयमा धेरै काम गरेको खण्ड बेनी–गलेश्वर रहेको बेनी–जोमसोम–कोरला सडक योजनाको कार्यालयले जनाएको छ । २०२ किलोमिटर दुरीको बेनी–जोमसोम–कोरला सडकको ७ वटा प्याकेजको निर्माण सकिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...