प्यारीबाराही तालमा थुप्रिएको झार हटाएर सरसफाई गरिदै

Gandaki Pardesh notice

बेनी, ः पर्यटकीय सम्भावनायुक्त, धार्मिक महत्वको म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ७ मा रहेको पेरी भारानी (प्यारी बराही) ताल सरसफाई गर्न थालिएको छ ।

वडा कार्यालयको समन्वय र गाउँपालिकाको आर्थिक सहयोगमा पेरी भारानी संरक्षण तथा व्यवस्थापन समितिले तालका ढाकिएको झार हटाउन थालेका हुन् । अन्नपूर्ण गाउँपालिका–७ का वडा अध्यक्ष मइलन पुर्जा पुनले मनमोहक तालको सौन्दर्य र अस्तित्व मेटिने गरि फैलिएको झार हटाउन थालिएको जानकारी दिनुभयो ।

“नाम थाहा नभएको झारले पुरै ताल ढाकिन थालेपछि सरसफाई र ताल वरपर ढुङ्गा विच्छ्याएर पदमार्ग निर्माण शुरु गरेका छौ,” उहाँले भन्नुभयो “स्थानीय प्रविधिको ढुङ्गा बनाएर तालको झार निकाल्ने काम भैरहेको छ ।”

Shreekrishna hardwear in news

तेल राख्ने ब्यारेल (ड्रम) माथि काठ राखेर बनाएको ढुङ्गामाथी चढेर तालको झार निकालेर किनारामा ल्याएर थुपारिएको छ । किनाराबाट पनि झार उठाएर बाहिर फालिने वडा अध्यक्ष पुनले बताउनुभयो । एक हप्ता अघि शुरु भएको ताल सरसफाई गर्न थप ५ दिन लाग्ने जनाइएको छ । दैनिक ८ जना ताल सरसफाई र पदमार्ग निर्माणमा खटिएका छन् ।

Bhautik ministry notice about road

करिब २०० मिटर लामो र ७० मिटर चौडाई भएको तालमा हिउँदमा पानीको सतह घट्छ । ताल सरसफाई गर्न अन्नपूर्ण गाउँपालिकाले रु. २ लाख पचास हजार बिनियोजन गरेको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

घना गुराँसको जंगलको बीचमा रहेको प्यारीबाराही तालको पृष्ठभूमिमा धौलागिरि, अन्नपूर्ण, निलगिरि हिमालको दृष्य अवलोकन गर्न सकिन्छ । अन्नपूर्ण चक्रीय पदमार्गको प्रसिद्ध पर्यटकीय गन्तव्य घोडेपानी÷पुनहिलबाट एक घण्टा उत्तर पश्चिम पैदलयात्रापछि प्यारीबाराही तालमा पुग्न सकिन्छ । हरेक वर्षको जनै पूर्णिमाको दिनमा यहाँ पुजा आजा गर्नेको भिड लाग्छ । पुजाआजा र भाकल गरेमा मनोकाक्षा पुरा हुने जनविश्वास रहेको छ ।

घोडेपानी, महभिर–घराम्दी र खिवाङ गाउँदेखि प्यारीबाराही ताल जोड्ने ३ वटा सडक छन् । घोडेपानी–भारानी तालसम्म छुट्टै ३÷३ किलोमिटर दुरिको साइकल र घोडा मार्ग पनि बनाइएको छ । प्यारीबाराही ताल अन्नपूर्ण–धौलागिरी सामुदायिक पर्यावरणीय पदमार्गको आकर्षण हो ।

घोडेपानी र पुनहिलको भ्रमणमा पुगेका पर्यटकहरुले साइकल मार्फत तालको अवलोकन गर्न पुग्ने गरेको घोडेपानीका शुशिल पुनले बताउनुभयो । ‘‘ताल निकै आकर्षक छ । घोडेपानी पुलहिलको भ्रमणमा आएका पर्यटकहरु तालमा पुगेर थप आनन्द लिन्छन्,’’ उहाँले भन्नुभयो “गुराँसको जंगलभित्र पृष्ठभूमिमा हिमाल हेर्दै साइकलमा यात्रा गर्न पाउनु यहाँको आकर्षण हो ।”
तालमा हिमालको छायाँ देखिन्छ । तालमा खस्ने पात चराले टिपेर फाल्ने गरेको स्थानीयवासी बताउँछन् । तालको वरपर ढुङ्गा बिछ्याएर पदमार्ग निर्माण गरिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...