मृगौला पीडितको उपचारका लागि रु. १४ लाख बढी सहयोग

Gandaki Pardesh notice

बेनी, । मृगौला सम्बन्धी समस्याले थलिएका म्याग्दीको मालिका गाउँपालिका–७, बिमका धनबहादुर शेरपुञ्जालाई रु. १४ लाखभन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ ।

बिम मालिका संघ काठमाडौ र अन्तराष्ट्रिय विभागको संयोजनमा रु. १४ लाख २७ हजार उपलब्ध गराइएको हो ।

Bhautik ministry notice about road

२ वटै मृगौलाले काम गर्न छाडेपछि डायलाइसीस गराइरहेका शेरपुञ्जाको उपचार र मृगौला प्रत्यारोपणका लागि सहयोग गरिएको बिम मालिका संघको अन्तराष्ट्रिय विभागका अध्यक्ष कृष्ण जुग्जालीले बताउनुभयो ।

Shreekrishna hardwear in news

कमजोर आर्थिक अवस्थाका कारण शेरपुञ्जाको उपचारमा समस्या भएपछि परिवारले सहयोगको अपिल गरेका थिए । बिम समाज बेलायतबाट रु. २ लाख ८२ हजार ९००, रत्नसिंह गर्बुजाको नेतृत्वमा अमेरिकामा रु. ५ लाख २९ हजार ६५०, दल शेरपुञ्जा, खिम जुग्जाली र दलिमा पुनको समन्वयमा हङकङमा रु. ७ लाख ३५ हजार ७५० सहयोग जुटेको थियो ।

अस्टे«लियामा रघु जुग्जाली, चकमान शेरपुञ्जाको पहलमा रु. १ लाख ९७ हजार ७४५, जापानमा हेमकुमार जुग्जाली र कुलबहादुर गर्बुजाको पहलमा रु. ९१ हजार ३९५ गरी कुल १८ लाख ३७ हजार ४४६ सहयोग संकलन बिम मालिका संघका अध्यक्ष अध्यक्ष देउप्रसाद जुग्जालीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त सहयोगबाट विपद् तथा उपचार सहित अन्य सामाजिक कार्यमा खर्च गर्ने गरी कोषमा ४ लाख १० हजार राखिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...