मार्ग खुलेको चौविस वर्षपछि सडक स्तरोन्नति

Gandaki Pardesh notice

रत्नेचौर, ः म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा २४ वर्षअघि मार्ग खुलेको सडकको स्तरोन्नति भएको छ । बेनी–बागलुङ सडक अन्र्तगत रत्नेचौरको पिपलडाडा देखि दमाहचौतारा जोड्ने सडक मार्ग खुलेको २४ वर्षपछि स्तरोन्नति भएको हो ।

वि.स. २०५७ मा तत्कालीन गाविसको रु. ८१ हजार बजेटमा बेनी–बागलुङ सडकको किराखोर स्थित प्रतिक्षालय देखि दमाहचौतारा सम्म करिब ३०० मिटर सडकको मार्ग खोलिएको थियो । २०० भन्दा बढी घरधुरी रहेको रत्नेचौरको मुख्य बस्तिभित्र यसअघि निर्माण भएको सडकलाई ढलान र विस्तार गरेर धिमालथर पु¥याइएको उपभोक्ता समितिका अध्यक्ष ओम रोकाले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारको रु. २८ लाख ८० हजार अनुदान र उपभोक्ताको रु. ३ लाख २० हजार ३५३ बराबरको श्रमदानमा योजना निर्माण भएको उहाँले जानकारी दिनुभयो । २६५ मिटर दुरीमा ३ मिटर चौडाईका दरले सडक ढलान, १२० मिटर पक्कि नाली र ५५ घनमिटर मेसिनरी पर्खाल निर्माण गरिएको छ ।

Shreekrishna hardwear in news

६२ मिटर नाली सहितको नयाँ कच्चि सडक निर्माण भएको छ । गत बर्ष बेनी नगरपालिकाले बिनियोजन गरेको रु. ८ लाख बजेटबाट किराखोर प्रतिक्षालय देखि १५४ मिटर दुरीमा पिसिसी ढलान र १०.१३ घनमिटर मेसिनरी पर्खाल निर्माण भएको थियो ।

सडक ढलान र नाली निर्माण भएपछि बर्खामा हिलो र हिउँदमा धुलोको समस्या हटेको स्थानीयबासी इश्वर रावलले बताउनुभयो । स्थानीय निर्मला शर्माका अनुसार सो सडकमा पानी पर्दा सडक चिप्लो भएर लड्ने र हिउँदमा धुलोको समस्या थियो ।

Bhautik ministry notice about road

विपद् न्युनीकरण, वातावरणमैत्री र रोजगारी सिर्जनाका लागि डोजरको विकल्पमा मजदुर परिचालन गरेर सडक स्तरोन्नति गरिएको छ । उपभोक्ता समितिका समितिका सचिव कृष्ण रावलले बस्ति भित्र डोजर र ब्याकुहोलोडर चलाउँदा विपद् निम्तने भएकाले मजदुर परिचालन गरेको बताउनुभयो ।

default

“ब्याकुहोलोडर ल्याएर भित्ता काट्ने, नाली खन्ने र सम्माउने काम गर्न सकिन्थ्यो तर विपद्को जोखिम घटाउन मजदुर परिचालन गरेका हौ,” उहाँले भन्नुभयो “करिब २ महिना दैनिक ५ देखि १४ जना सम्म मजदुरले सडक निर्माणको काम गरेका थिए ।”

विकाससँगै स्थानीयलाई रोजगारीको अवसर सिर्जना भएको छ । सडक निर्माणमा खटिएका मजदुरहरुका लागि स्थानीयबासीले स्वच्छिक रुपमा पालो लगाएर खाजाको व्यवस्थापन गरेका छन् ।

धिमालथर तर्फ नयाँ मार्ग खोल्नका लागि बेनी नगरपालिकाले चालु आर्थिक वर्षमा रु. ३ लाख ५० हजार बजेट बिनियोजन गरेको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख बिष्णु पौडेलले रत्नेचौरको सडक योजनामा जनसहभागीता जुटाएर उपभोक्ता समितिले लक्ष्य अघिनै काम सकेकामा खुसी व्यक्त गर्नुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...