म्याग्दीमा डढेलो लगाउने पक्राउ

Gandaki Ghumau

बेनी, ः देशभर सामुदायीक र राष्ट्रिय वन क्षेत्रमा डढेलोको समस्या बढिरहेको अवस्थामा म्याग्दीमा डढेलो लगाउने १ जना पक्राउ परेका छन् ।

बेनी नगरपालिका –६ को वनमा आगो लगाउने सोही वडाका यमबहादुर मिजारलाई पक्राउ गरिएको सहायक डिभिजन वन कार्यालयका सहायक वन अधिकृत बिनय बहादुर अधिकारीले जानकारी दिनुभयो ।

“यही वैशाख ९ गते अर्थुङ्गेको वनमा आगो लगाएको विशेष सूचनाका आधारमा १० गते पक्राउ परेका मिजारलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धानलाई निरन्तरता दिएका छौ,” उहाँले भन्नुभयो “अनुसन्धान गरि मुद्दा चलाउने प्रक्रीया अघी बढाएका छौ ।”

Shreekrishna
Gunasthariya Shiksya

मिजार डढेलो लगाएको आरोपमा पछिल्लो ७ वर्षयता पक्राउ पर्ने पहिलो व्यक्ति हुन् । यसअघि वि.स. २०७३ मा मंगला गाउँपालिका–२ का एक व्यक्तिलाई डढेलो लगाएको आरोपमा पक्राउ र कानुनी कारबाही गरिएको थियो ।

वन ऐन २०७६ दफा ५० को उपदफा ४ अनुसार वन डढेलो लगाएर कसुर गर्नेलाई क्षति भएको बिगो असुल गरी ३ वर्ष सम्म कैद, रु. ६० हजारसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ ।

म्याग्दीका ३११ सामुदायिक वन मध्य ११२ वटाको १ हजार हेक्टरमा ढडेलोले क्षति गरेको छ । डढेलो नियन्त्रणका लागि सचेतनामुलक कार्यक्रमका साथै वन प्राविधिक, सुरक्षा निकाय, समुदाय र वन उपभोक्ता समूह परिचालन गरिएको डिभिजन वन अधिकृत बिष्णुप्रसाद अधिकारीले बताउनुभयो ।

गत फागुनदेखि नै म्याग्दीका वन जंगलमा लागेको डढेलोले बायु प्रदुषण भएर निदहुँ तुँवालो लाग्ने र मानव स्वास्थ्यमा असर गरेको छ । स्वास्थ्य संस्थाहरुमा आँखा, स्वासप्रश्वास, छाला चिलाउने लगायतका समस्याका बिरामी बढेका छन् । वनजंगलहरु उजाड र नांगो देखिन थालेका छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...