कोरोनाबाट बेनीकी वृद्धाको मृत्यु

Gandaki Pardesh notice

बेनी । म्याग्दीको बेनी नगरपालिका–८ की एक बृद्धाको कोरोना (भाइरस)को संक्रमणका कारण ज्यान गएको छ ।

कालीपुलमा बस्दै आएकी ७६ वर्षीया बृद्धाको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बुधबार राति मृत्यु भएको थियो । स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले मृतक बृद्धाको स्वाबको नमुना परिक्षणका क्रममा बिहीबार कोरोना पुष्टि भएकोे बताउनुभयो ।

Bhautik ministry notice about road

उहाँका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि ती वृद्धालाई उपचारका लागि पोखरा लगिएको थियो । मुस्ताङको थासाङ–२ कोवाङ स्थायी ठेगाना भएकी उनि करिब २० बर्षदेखि बेनीमा होटल ब्यवसाय गर्दै आएकी थिइन् ।

Shreekrishna hardwear in news

कोरोनाका कारण ज्यान गुमाउने उनी म्याग्दीको चौथो व्यक्ति हुन् । यसअघि धवलागिरी–७ र बेनी–२ का एक÷एक जना वृद्धको ज्यान गएको थियो । धवलागिरी–४ ठेगाना भई हाल पर्वतको जलजला–४ बस्ने एक ४५ दिने बालिकाको पनि यसअघि काठमाडौमा ज्यान गएको थियो ।

दुई हजार १० वटा स्वाबको नमुना परिक्षण गरिएको म्याग्दीमा हालसम्म ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो समय समुदाय स्तरका व्यक्तिहरुमा कोरोना पुष्टि हुन थालेपछि जोखिम बढेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...