डढेलोले म्याग्दीमा एक हजार हेक्टर बन सखाप

Gandaki Pardesh notice

बेनी, । म्याग्दीमा डढेलोले एक हजार हेक्टर भन्दा बढी क्षेत्रफल वन सखाप भएको छ ।
म्याग्दीका ३११ सामुदायिक वन मध्य १०० भन्दा धेरैमा आगोलागी भएको डिभिजन वन कार्यालयले जनाएको छ । वन डढेलो लगाउने कुनै पनि व्यक्ति पहिचान र कारबाही भएको छैन् ।

म्याग्दी जिल्लाको अधिकांश क्षेत्र भिरालो जमिन भएको कारणले पनि उक्त आगोले गर्दा ग्रामीण बस्तीलाई नै अति जोखिम बनाएको डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत विनयबहादुर अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “वन क्षेत्रमा फैलिएको आगलागीले गर्दा निस्केको धुवाँले पछिल्लो एक महिना यता वायु प्रदूषण पनि बढेको छ ।“

त्यस्तै वनमा डढेलो लगाएको आरोपमा बेनी नगरपालिका–६, का यमबहादुर मिजारलाई प्रहरीले नियन्त्रणमा लिएर वन कार्यालयले अनुसन्धान थालेको अधिकारीले बताउनुभयो । हराभरा हुनुपर्ने बुट्यानहरू डँडेलोका कारण पातहरू जलेर काला तथा उजाड र नाङ्गो भएको छ ।
“दैनिक आगलागी हुने वनको सङ्ख्या र क्षेत्रफल थपिँदै छ,” डिभिजन वन अधिकृत बिष्णुप्रसाद अधिकारीले भन्नुभयो “मानवीय कारणले हुने घटना रोक्न सचेतना मूलक अभियानले मात्रै सम्भव भएको छैन ।” उहाँका अनुसार आगलागी नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षाकर्मीलाई उपकरण वितरण सहितका कार्य गरिएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

आगलागी नियन्त्रणका लागि सञ्चार माध्यमहरूमा सूचना प्रकाशन प्रसारण गर्नुका साथै माइकिङ समेत गरिएको भए पनि त्यसले केही प्रभाव परेको जस्तो भए पनि सोचे जस्तो नतिजा नदेखिएको उहाँको भनाइ छ । प्राय ग्रामीण भेगमा नयाँ घाँस पलाउने आसमा डढेलो लगाउँदा साना तथा ठुला सयौँ रूख बिरुवा जलेर नष्ट हुने गरेको अधिकारीको भनाइ छ । आगलागीले ठुलो वन क्षेत्र नोक्सान भएपनि त्यो आगो कसले लगाएको हो भन्ने समेत पहिचान हुन नसकेको उहाँको भनाइ छ ।

आगलागीले ठुलो वन क्षेत्र ध्वस्त भएपनि त्यो आगो कसले लगाएको हो भन्ने बारे खुलाउँदै सकस छ । आगो झोस्ने व्यक्तिबारे थाहा भएमा कारबाहीका लागि सहज हुन्छ । आगलागीका घटनामध्ये ७० प्रतिशत मान्छेकै कारण भएको वन क्षेत्रका जानकारहरू बताउँछन् ।

जङ्गलमा आगो लगायो भने वर्षासँगै खरानी बगेर खेतबारीमा आउने र त्यसले माटो मलिलो हुने र खेतीपाती फस्टाउने सोचले पनि आगजनीका घटना हुने बेनी नगरपालिका–६, का वडा अध्यक्ष कृष्णसिङ बानियाँको भनाइ छ । समुदायलाई विभिन्न कार्यक्रममार्फत सचेतना फैलाउने काम भएको छ । लुकेर चुरोट–गाँजा खानेको हेलचेक्र्याइँ आगो लाग्ने गरेको अनुमान गर्ने गरिएको उहाँ बताउनुहुन्छ ।

सामुदायिक वन क्षेत्रमा अग्नीरेखा सहित आगो फैलिन नदिने गरी विभिन्न योजनाहरू मार्फत समुदायलाई नै तालिमको आवश्यकता रहेको बेनीका ८३ वर्षीय ज्येष्ठ नागरिक पहलबहादुर खत्रीले बताउनुभयो । वन ऐन २०७६ दफा ५० को उपदफा ४ अनुसार वन डढेलो लगाएर कसुर गर्नेलाई क्षति भएको बिगो असुल गरी तीन वर्ष सम्म कैद वा ६० हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...