जलजलामा क्षमता अभिवृद्धि तालिम

Gandaki Pardesh notice

बेनी, । पर्वतको जलजला गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र टोल विकास संस्थाका प्रतिनिधिहरुको लागि बुधबारदेखि लामाखेतमा क्षमता अभिवृद्धि तालिम शुरु भएको छ ।
रुपान्तरणीय सामाजिक परिचालन, वडा विकास कार्यक्रम मार्फत सञ्चालन गरिएको तालिमको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले उद्घाटन गर्नुभयो । २ दिनसम्म सञ्चालन हुने कार्यक्रममा वडा र टोल विकास संस्थाका पदाधीकारी, कर्मचारी, जनप्रतिनिधिहरु ग्रि ५२ जनाको सहभागिता रहेको छ ।

तालिमको पोखरा महानगर पालिकाका सामाजिक विकास महाशाखाको टोल विकास फोकल पर्सन रविन्द्र अधिकारी र सामाजिक परिचालन फोकल पर्सन इन्दीरा न्यौपानेले सहजिकरण गर्नुहुने जनाइएको छ ।

वस्ती तहमा सामाजिक काम गर्ने साझा संस्थाको रुपमा स्थापित टोल विकास संस्थाहरु मार्फत गाउँपालिकाले संञ्चालन गरेका सामाजिक विकासका कार्यक्रमहरु प्रभावकारी कार्यान्ययन गराउन तालिम सहयोगी बन्ने गाउँपालिकाका अध्यक्ष आचार्यले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

तालिम उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्य, प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्य लगायतको उपस्थिति रहेको थियो । वडा विकास कार्यक्रम मार्फत जलजलामा ९ वटा संस्था गठन भएका छन् ।

वडा विकास कार्यक्रमका संस्थाहरुलाई १ वडा, १ उद्यमशिल कार्यक्रम मार्फत घुम्ती कोषका लागि रु. १÷१ लाख अनुदान उपलब्ध गराउने तयारी गरिएको कार्यक्रमका फोकल पर्सन भेषनाथ आचार्यले बताउनुभयो ।

वडा विकास कार्यक्रम मार्फत संस्थाहरुले यसपाली हिउँदमा प्याजको बिरुवा उत्पादन गरेर वितरण गरेका थिए । प्याजमा आत्मनिर्भर बनाउने उद्देश्यले ४ हजार ५०० घरधुरीलाई न्युनतम ५०० वटाका दरले प्याजका बिरुवा वितरण गरिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...