बेनीका पशुपालक कृषकलाई उत्पादनमा आधारित प्रोत्साहन

Gandaki Pardesh notice

बेनी, म्याग्दीको बेनी नगरपालिकाले पशुपालक कृषकहरुलाई उत्पादनमा आधारित प्रोत्साहन रकम उपलब्ध गराउन थालेको छ ।

१० भन्दा बढी माउ बाख्रा र ३ वटा भन्दा बढी गाई, भैसी पालेका कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराउन थालेको हो । नगर प्रमुख सुरत केसीले मासु र दूधमा आत्मनिर्भर बनाउन कृषकहरुलाई उत्पादनमा आधारित प्रोत्साहन दिन थालेको बताउनुभयो ।

“कम्तीमा १० वटा बाख्रा पालेका कृषकलाई प्रति गोटा रु. ३ हजारका दरले प्रोत्साहन दिन रु. ७ लाख र न्युनतम ३ वटा गाईभैसी पाल्नेलाई प्रतिगोटा रु. ५ हजारका दरले अनुदान दिन रु. ५ लाख बजेट बिनियोजन गरिएको छ,” उहाँले भन्नुभयो “वडाका कृषि प्राविधिक गोठ गोठमै पुगेर प्रोत्साहन रकम वितरण गर्न थाल्नु भएको छ ।”

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

तोकिएको संख्या गनेर प्रोत्साहन वितरण गर्ने बजेट रकम व्यवस्थापन गरिएको नगर प्रमुख केसीले बताउनुभयो । शुरुमै अनुदान दिदाँ कृषकहरु व्यवसायिक बन्न नसकेपछि उत्पादन गरेपछि प्रोत्साहन पाउने नीति लिएको नगरपालिकाले जनाएको छ ।

१० वटा भन्दा बढी माउ बाख्रा पाल्ने ३४ र ३ भन्दा बढी गाईभैसी पालेका १९ जना कृषकलाई सूचिकरण गरिसकेको बेनी नगरपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रदिप गौतमले बताउनुभयो । पशुपालक कृषकलाई व्यवसायिक बनाउन र टिकाउन कार्यक्रमले सहयोग पुगेको उहाँले बताउनुभयो ।

कृषि क्षेत्रलाई जोड दिएको बेनी नगरपालिकाले वडा नम्बर ४ सिंगामा चिस्यान गृह बनाएर सुन्तला भण्डारण गरि बेमौसममा बजारमा पठाएको थियो । यसपाली आलुको विउ भण्डारण गरिएको वडा अध्यक्ष अणबहादुर खड्का (भगवान)ले बताउनुभयो । । वडा नम्बर ८ कालीपुलमा कृषि उपज बजारको भवन निर्माण शुरु गरिएको वडा अध्यक्ष उत्तम कर्माचार्यले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...