सार्वजनिक शिक्षा सुधारको माग

Gandaki Pardesh notice

बेनी, । म्याग्दीका विभिन्न संघ संस्थाहरुले सार्वजनिक शिक्षा सुधार गर्न अभियान दवाव मुलक कार्यक्रम थालेका छन् ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई नेपाल) को आव्हानमा म्याग्दीका विभिन्न संघ संस्थाका प्रतिनिधीहरुले जिल्ला प्रशासन कार्यालय अगाडीको विरेन्द्रचोक स्थित चौतारीमा प्रर्दशन गरेका थिए । मादल बजाएर विभिन्न सन्देश लेखिएका प्ले कार्ड बोकेर प्रर्दशन गरेका थिए ।

Bhautik ministry notice about road

यस वर्षको विश्वव्यापी अभियानले सरकारको प्रतिबद्धता पूरा गर्न र सार्वजनिक शिक्षा सुदृढीकरणका लागि रचनात्मक दबाब सृजना गरी शिक्षामा रूपान्तरण गर्ने लक्ष्यसहित कार्य सप्ताह मनाउन लागेको अभियानका अगुवा गैरसरकारी संस्था महासंघ म्याग्दीका अध्यक्ष दिपक पौडेलले बताउनुभयो ।

Shreekrishna hardwear in news

सञ्चालिका समूह म्याग्दी, संगम म्याग्दी, कदम म्याग्दी, मिलन म्याग्दी लगायत गैरसरकारी संस्थाका प्रतिनिधिहरुले वैशाख १४ गतेसम्म विभिन्न कार्यक्रम गर्ने जनाएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...