म्याग्दीका ४२ जना सडक मानवको उद्दार

Gandaki Pardesh notice

बेनी, । म्याग्दीका ४२ जना सडक मानवको उद्दार गरिएको छ ।

सामाजिक विकास कार्यालय, म्याग्दी र मानवसेवा आश्रम बाग्लुङको आयोजना तथा जिल्ला प्रहरी र ट्राफिक प्रहरी कार्यालयको समन्वयमा सोमबार बेनीमा भएको सडक मानव व्यवस्थापन सम्बन्धी अन्र्तक्रीया कार्यक्रममा सो जानकारी गराइएको हो ।

कार्यक्रममा मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले म्याग्दीका ४२ जना सहित गण्डकी प्रदेशमा ९८३ जना पुरुष र ६७३ जना गरि कुल १ हजार ६५६ जनाको उद्दार गरिएको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

“म्याग्दी समेत कार्यक्षेत्र रहेको आश्रमको बाग्लुङ शाखा मार्फत २७८ जनाको उद्दार भएको छ,” उहाँले भन्नुभयो “राज्यका विभिन्न निकायको ४० प्रतिशत र ६० प्रतिशत सहयोगी दाताहरुको चन्दा सहयोगबाट मानव सेवा आश्रम सञ्चालन भइरहेको छ ।”

मानसिक, पारिवारिक, आर्थिक, सामाजिक, विपद् लगायत विबिधि कारणले सडकमा कष्टकर जिवन विताइरहेकाहरुलाई उद्दार गरेर राख्नका लागि बागलुङ, पोखरा, लमजुङमा निर्माणाधिन मानव सेवा आश्रमको भवनलाई पूर्णता दिनका लागि सरकारी निकाय तथा दाताहरुबाट सहयोगको अपेक्षा गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो ।

Bhautik ministry notice about road

वि.स. २०८२ सम्म नेपाललाई सडक मानव मुक्त बनाउने सरकारको लक्ष्य पुरा गर्न गण्डकी प्रदेशको नीति तथा कार्यक्रम रहेको र त्यसलाई कार्यान्वयन गर्न प्रदेश सरकारलाई बजेट व्यवस्थापन गर्न भूमिका खेल्ने प्रदेशसभा सदस्य बिमला गौचनले बताउनुभयो ।

कार्यक्रममा सहभागी धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछाने, अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा पुनले सडक मानवको उद्दारको साथै पारिवारिक पुर्नमिलन र पुर्नस्थापनाका लागि पनि पहल गरिएको बताउनुभयो ।

भारतीय नागरिकहरुलाई बसमा ल्याएर छाडिदिने र उद्दार गरेर मानव सेवा आश्रममा पठाएपनि केही व्यक्तिहरु भाग्ने समस्यालाई चुनौतिका रुपमा लिइएको छ ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठ लगायतले सडक मानव उद्दार, व्यवस्थापन राष्ट्रिय अभियान भएकाले यसलाई सफल बनाउन सबैको सक्रीयतापुर्वक सहभागिता आवश्यक पर्ने बताउनुभयो ।

सो कार्यक्रममा गण्डकी प्रदेश सरकारको सहयोगमा बेनी नगरपालिकाले सञ्चालन गरेको हिंसा प्रभावीतहरुका लागि अल्पकालिन सेवा केन्द्रका कर्मचारी साधना केसीलाई सम्मान गरिएको थियो ।

सडक मानव उद्दार र हिंसा प्रभावितहरुको व्यवस्थापनका लागि केसीले पु¥याएको योगदानको कदर गर्दै नगद रु. ५ हजार सहित प्रशंसापत्र प्रदान गरिएको सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...