मल्लाजको दहमा दम्पती हत्यामा संलग्न पत्ता लगाउन सकस

Gandaki Pardesh notice

बेनी, – पर्वतको जलजला गाउँपालिका–२ मल्लाजको दहमा एक दम्पतीको हत्या भएको आइतबार २२ दिन भएको छ ।

गत चैत २० गतेदेखि प्रहरीले अनुसन्धान गरेको भए पनि अहिलेसम्म घटनामा संलग्न दोषी पत्ता लागेको छैन । चैत १९ गते सोमबार राति स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी ६७ वर्षीय श्रीमती गमला जिसीको हत्या भएको अवस्थामा घरभित्रै शव फेला परेको थियो ।

घटनाको अनुसन्धानका लागि एक सातादेखि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीसमेत घटनास्थल वरिपरीनै अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालको नेतृत्वमा २५ जना प्रहरीको टोली घटनास्थलमै खटिएको छ ।

Shreekrishna hardwear in news

गण्डकी प्रदेश प्रहरी कार्यालयको प्राविधिक टोलीलेसमेत अुनसन्धानलाई तीव्रता दिएको भए पनि दोषी पहिचान गर्न सकस भइरहेको पर्वतका प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिनुभयो । भुसालका अनुसार घटनाबारे प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान गरेको र अब घटनाको तथ्यको नजिक पुग्न थालेको बताउनुभयो ।

Bhautik ministry notice about road

“प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली पनि अनुसन्धानमा जुटेको छ,” उहाँले भन्नुभयो, “हत्यारा छिट्टै पत्ता लगाइनेछ ।” भुसालका अनुसार प्रारम्भिक अनुसन्धान हेर्दा लुटपाटका लागि हत्या भएको हुनसक्ने देखिएको छ ।

“घटनाको प्रकृति हेर्दा लुटपाटका लागि हत्या भएको देखिन्छ । हत्यामा एकजनाभन्दा धेरै प्रयोग भएको पनि देखिएको छ । “त्यसको अनुसन्धान गरिराखेका छाँैं”, डिएसपी भुसालले भन्नुभयो । अनुसन्धानका क्रममा अहिलेसम्म आफन्तजन, घर वरिपरी र उनीहरूका घरपरिवारसँग जोडिएका सबै गरी दुई सय जनाभन्दा बढीसँग सोधपुछ गरिएको भुसालले बताउनुभयो ।

दम्पतीको हत्या भएको दुईहप्ता वितिसक्दा पनि हत्यारा पत्ता नलाग्नुले घटना थप रहस्यमय भएको जलजला गाउँपालिका– २ का वडाध्यक्ष प्रकाश जिसीले बताउनुभयो । घरमा ती दम्पतीमात्रै बस्दै आएका थिए । दुई छोरा वैदेशिक रोजगारीका लागि कोरिया र अर्का छोरा म्याग्दीको बेनीबजारमा फेन्सी व्यवसाय गरेर बस्दै आएका थिए ।

उनीहरूको हत्या योजनावद्ध र पेशेवर चोरबाटै भएको जस्तो प्रकृतिको रहेको पनि प्रहरीले जनाएको छ । साथमा मोबाइल लगायत अन्य कुनै पनि उपकरण नबोक्नु, दम्पतीको हत्या गर्न घरेलु हतियार र काठ प्रयोग गरेको देखिनु जस्ता कुराले घटना रहस्यमय बनेको छ ।

जिसी दम्पतीले पोखरामा जग्गा किन्न भन्दै सहकारीबाट ऋण लिएर घरमा राखेको हुनसक्ने आशङ्कामा लुटपाटकै लागि हत्या गरिएको देखिन्छ, भने उनीहरूको लगाएका गर गहनासमेत लुटिएको छ । “कुनै कुनै घटनाका दोषी पत्ता लगाउन लामो समय लाग्नसक्छ, हामी तथ्यको नजिक पुग्दैछौँ, केही दिनमा सफलता मिल्नेमा आशावादी छाँै”, प्रनाउ भुषालले भन्नुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...