काफलडाडा आधारभूतमा सहयोगदातालाई भब्य स्वागत

Gandaki Pardesh notice

सुरेन गुरुङ
काफलडाडा, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा रहेको काफलडाडा आधारभूत विद्यालयमा एक जना विदेशी नागरिक (दाता)को करिब रु. डेढ करोड सहयोगमा पूर्वाधार निर्माण भएको छ ।

साविक राम्चे गाविस– ८ धारापानीमा जन्मनुभएका हाल बेलायत निवासी गिरबहादुर गर्बुजाको समन्वयमा पोल्याडका नागरिक जोन ओलस्कीले काफलडाडा आधारभूतको कक्षा कोठा भवन लगायत पूर्वाधार निर्माणमा सहयोग गर्नुभएको हो ।

विद्यालयका प्रअ वुद्धी पुर्जाले गर्बुजाको पहलमा ओलस्कीको रु. १ करोड ४५ लाख सहयोगमा ११ कोठे २ वटा भवन निर्माण भएको जानकारी दिनुभयो । समन्वयकर्ता गर्बुजा गोर्खा सैनिकबाट सेवा निवृत भएपछि बेलायतको निजी कम्पनीमा काम गर्दै आउनु भएको छ । उहाँ परिवार सहित बेलायतमा बसोबास गर्नुहुन्छ ।

Shreekrishna hardwear in news

“पोल्याण्डका नागरिक जोन ओलस्कीको सहयोगमा ५ र ६ कोठे २ वटा भवन निर्माण भएको हो,” उहाँले भन्नुभयो “सहयोगदाता ओलस्की र समन्वकर्ता गर्बुजालाई आइतबार विद्यालयमा सम्मान गरिएको छ ।”

Bhautik ministry notice about road

एयर डाइनेष्टिको हेलिकप्टर मार्फत काफलडाडामा आएका गर्बुजा, ओलस्की लगायतलाई करबाकेली थान देखि विद्यालय सम्म पुरख्यौली नाच सहित स्वागत तथा सम्मान गरिएको थियो ।

सहयोगदाता ओलस्किले आफुले गरेको सहयोगले दुर्गम गाउँका विद्यालयका बालबालिकालाई सहज भएकोमा खुसी व्यक्त गर्दै थप सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँहरुले इन्टरनेट मार्फत गरिने टेलिटिचिङको सामग्री पनि सहयोग गर्नुभएको थियो ।

कक्षा ८ सम्मको पठनपाठन हुने विद्यालयमा हाल ४३ जना विद्यार्थी छन् । यसअघि विद्यालय भवन रहेको ठाउँमा पहिरोको जोखिम भएपछि करबाकेली थान मुनी विद्यालय स्थानान्तरण गरिएपछि भवन लगायतका पूर्वाधार अभावमा पठनपाठन प्रभावित भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...