रत्नेचौरको श्रीलक्ष्मीहरी मन्दिर परिसरको डिलमा पक्की पर्खाल निर्माण

Gandaki Pardesh notice

रत्नेचौर, । सम्मो फाँटको छेउमा रहेको म्याग्दीको बेनी नगरपालिका–१ स्थित रत्नेचौर परम वैदिक सनातन धार्मिक आश्रम र श्रीलक्ष्मीहरी मन्दिर परिसरको डिलमुनी डरलाग्दो तारे भिर छ ।

आश्रम र मन्दिर परिसरको डिल खुल्ला हुँदा भक्तजन, धर्मशालामा आउने तिर्थयात्री र स्थानीयबासी डिलमा हिडडुल गर्ने क्रममा लडेर दुर्घटना हुने जोखिम थियो । डिलमुनी भिर रहेको हुँदा दुर्घटनाको जोखिम भएकाले पक्कि पर्खाल बनाएर घेराउ गरिएको श्रीलक्ष्मीहरी मन्दिरका महन्थ जगतगुरु हिमालय बाबाले जानकारी दिनुभयो ।

“मन्दिर र धर्मशालाको नजिकै रहेको डिलमा पुग्दा डिलबाट लडेर दुर्घटना हुने जोखिम थियो,” उहाँले भन्नुभयो “पक्कि पर्खाल बनाएर घेराउ घरेपछि जोखिम घटेको र सुरक्षित भएको छ ।”

Shreekrishna hardwear in news

मन्दिर परिसर घेराउ गर्न सघन सहरी तथा भवन आयोजना बागलुङले बेनीको खुशी निर्माण सेवासँग गत पुष १२ गते रु. २१ लाख १ हजार १७२ मा ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीका सञ्चालक सन्तोष चोखालले २०८१ वैशाख ७ गतेसम्म ठेक्काको म्याद भएपनि १ महिना अघिनै पर्खाल निर्माण सकिएको जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

उहाँका अनुसार १५५ मिटर लामो र १ मिटर २० सेन्टिर मिटर अग्लो पर्खाल बनाएर मन्दिर तथा आश्रम परिसर घेराउ गरिएको छ । ढोडेनी खोला र कालीगण्डकी नदीको दोभानमा पहाडको बिच भागमा समथर भूगोलमा अवस्थित रत्नेचौर प्राकृतिक हिसाबले रमणीय छ ।

मुक्तिनाथ, गलेश्वर, बाग्लुङ कालिका, पञ्चकोट, गुप्तेश्वर गुफा लगायत धार्मिक स्थल दर्शनका लागि आउने भक्तजनहरुलाई लक्षित गरेर रत्नेचौरको श्री लक्ष्मीहरि मन्दिरमा धर्मशाला सञ्चालन भएको छ ।

बेनी नगरपालिका, गण्डकी प्रदेश सरकार, संघीय सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्यन र सहरी विकास मन्त्रालयको करिब रु. तीस लाख सहयोगमा निर्माण भएको दुई तले धर्मशाला भवनको दोस्रो तलामा ६ जना दाताले आफन्तको नाममा एक÷एक वटा कोठा बनाउनुभएको महत्थ हिमालय बाबाले बताउनुभयो ।

भुई तलाको सभाहल सहित धर्मशालामा एक दिनमा ५० जना भन्दा बढी भक्तजन बास बस्न सक्ने क्षमता रहेको छ । पृष्ठभूमिमा धौलागिरि हिमाल देखिने रत्नेचौरको श्रीलक्ष्मीहरि मन्दिर परिसर देखि बागलुङको कुडुले जोड्ने ३८८ मिटर लामो र १७० मिटर अग्लो झोलुङ्गे पुल निर्माण भएको छ । नजिकै दुई सय वर्ष पुरानो मानव निर्मित बुढोपोखरी रहेको छ ।

रत्नेचौरको तोरीबारी, लामो पुल, श्रीलक्ष्मीहरि मन्दिरलाई एकिकृत धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पहल गरिएको बेनी नगरपालिका–१ का वडा अध्यक्ष टेकबहादुर थापाले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...