पर्यटकको रोजाईमा म्याग्दीको घोडेपानी, पुनहिल

Gandaki Pardesh notice

बेनी । वि.स. २०८० मा ३१ हजार जना भन्दा बढी विदेशी पर्यटकले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी–पुनहिल क्षेत्रको भ्रमण गरेका छन् ।

वि.स. २०८० को वैशाख देखि चैत महिना सम्म ३१ हजार ४३९ जना पर्यटकले घोडेपानी पुनहिल क्षेत्रको भ्रमण गरेको पर्यटक प्रहरी चौकी घोडेपानीले जनाएको छ । चौकीले घोडेपानी भित्रिने र बाहिरिने पर्यटकको विवरण सहितको अभिलेख र तथ्याङ्क राख्दै आएको छ ।

गत वर्ष २५ हजार २७९ जना पर्यटक भित्रिएका र ६ हजार १६० जना घोडेपानी हँुदै अन्यत्र गएका घोडेपानी प्रहरी चौकीका वरिष्ठ हवल्दार टेकबहादुर सुनारी मगरले बताउनुभयो । सबैभन्दा बढी चैत महिनामा ५ हजार ८४९ जना पर्यटक घोडेपानी आएका छन् ।
वैशाखमा ४ हजार ४१४, जेठमा १ हजार २८१, असारमा ४४१, साउनमा ९४७, भदौमा ९७२, असोजमा ४ हजार २९८ र कात्तिकमा ४ हजार ३५७ जना पर्यटक आएका छन् । कात्तिकमा ४ हजार ३५७, मंसिरमा ३ हजार १९९, पुषमा १ हजार ६२७, माघमा १ हजार ५७७ र फागुनमा २ हजार ४७७ जना पर्यटक आएका पर्यटक प्रहरी चौकी घोडेपानीले जनाएको छ ।

Shreekrishna hardwear in news

वि.स. २०७९ मा २६ हजार ३०१ जना पर्यटकले घोडेपानी घुमेका थिए । घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष समेत रहेकी होटल व्यवसायी जुली ठकुरी पुनले कोरोना अघिकै लयमा फर्कन नसकेपनि पर्यटक आगमन सुधार हुन थालेकाले आशा जागेको बताउनुभयो ।

“अनुकूल मौसम र बिदाको समय भएकाले आन्तरिक पर्यटकको आगमन पनि राम्रो छ”, उहाँले भन्नुभयो “आन्तरिक पर्यटकले यहाँको होटल व्यवसाय धानिएको छ ।” कोरोना अघि वार्षिक ६० देखि ७० हजार जना पर्यटक घोडेपानी आउने गरेका थिए ।

समुन्द्र सतहदेखि ३ हजार २१० मिटर उचाइमा अवस्थित पुनहिलमा सूर्योदय, गुराँसे जङ्गल र हिमशृङ्खलाको अवलोकन गर्न आउने पर्यटक घोडेपानीमा बास बस्ने गर्दछन् । घोडेपानीमा साना ठूला गरी २७ होटल छन् । ति होटलहरुमा एक दिनमा १ हजार जना बास बस्न सक्ने क्षमता रहेको छ ।

Bhautik ministry notice about road

पुनहिल प्रवेश शुल्क र पुनहिलमा चिया पसल सञ्चालन गर्न अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षका लागि माइलादाई होटल तथा रेष्टुरेण्टलाई रु. ६३ लाख ११ हजारमा ठेक्का सम्झौता गरेको छ । पुनहिल प्रवेश गर्न नेपालीले रु. ५० र विदेशीले रु. १५० प्रतिव्यक्तिका दरले शुल्क तिर्नुपर्छ ।

पुनहिलबाट धौलागिरि, सिस्ने, गुर्जा, मानापाथी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु हिमालको अवलोकन गर्न सकिन्छ । सुर्योदयको दृष्य अवलोकन गर्न पाउनुपनि पुनहिलको अर्को विषेशता हो । घोडेपानी र पुनहिल क्षेत्रमा गण्डकी प्रदेशकै ठूलो लालीगुराँसको जङ्गल छ । हिजोआज गुराँस फुलेर ढकमक्क बनेको जंगलमा रमाउने पर्यटकको चहलपहल बढेको घोडेपानीका होटल व्यवसायी डमबहादुर पुनले बताउनुभयो ।

अन्नपूर्ण परिक्रमा गरी तातोपानी हुँदै कास्कीको विरेठाँटी–उल्लेरी, छोम्रोङ–घान्द्रुक–टाडापानी, नागी–महरे हुँदै गरी चारवटा नाकाबाट पर्यटक घोडेपानी भित्रिने गरेका छन् । नेपाली पर्यटकको अभिलेख राख्ने गरिएको छैन । म्याग्दीको पोखरेबगर घार शिख चित्रे हुँदै घोडेपानी सडकमा सवारी साधन भएर पुग्न सकिन्छ । पोखरा देखि घोडेपानीमा बस सेवा सञ्चालन हुन थालेको छ । घोडेपानीमा बास बस्ने पर्यटकहरु एका बिहानै पुनहिल भ्रमणमा जाने गर्दछन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...