४ लाख २६ हजार पर्यटकले मुस्ताङ घुमे

Gandaki Pardesh notice

म्याग्दी, ः पछिल्लो एक वर्षको अवधिमा करिब ४ लाख २६ हजार जनाले मुस्ताङ भ्रमण गरेका छन् ।

वि.स. २०८० मा ४ लाख २५ हजार ९६४ जना पर्यटक भ्रमणका लागि मुस्ताङमा आएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी कार्यालयले घाँसामा सडक मार्ग र जोमसोम विमानस्थलमा हवाइ मार्गबाट भित्र्ने पर्यटकको तथ्याङ्क राख्दै आएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक मिलनबहादुर विकका अनुसार यो संख्या अन्नपूर्ण संरक्षण क्षेत्र अन्र्तगत थोराङ्ला पास गरेर मनाङ हुँदै मुस्ताङ आउने पर्यटक बाहेकको हो ।

Shreekrishna hardwear in news

सडक मार्गबाट ४ लाख १४ हजार २८० जना र हवाईमार्गबाट ११ हजार ६८४ जना आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएको प्रहरी निरिक्षक विकले बताउनुभयो । ३ लाख ३५ हजार ४६६ जना सडक र १ हजार ८७९ जना आन्तरिक पर्यटक हवाई मार्गबाट मुस्ताङ पुगेका हुन् ।

Bhautik ministry notice about road

८८ हजार ६१९ जना विदेशी पर्यटक आएकामा ७८ हजार ८१४ जनाले सडक र ९ हजार ८०५ जनाले हवाईमार्ग प्रयोग गरेका छन् । मुस्ताङ भित्र्ने विदेशी पर्यटकको ठूलो संख्या भारतीयको छ । ७ हजार ८०८ जना पर्यटक सार्क राष्ट्र बाहेक देशका हुन् ।

उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जिवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफाहरु मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताल लगायत मुस्ताङका धार्मिक र पर्यटकीय स्थल रहेका छन् ।

म्याग्दी हुँदै सडक मार्ग, मुस्ताङको थोराङ्ला भञ्ज्याङ हुदै पैदल मार्ग र पोखराबाट हवाई मार्ग भएर पर्यटक मुस्ताङ पुग्छन् । सार्क मुलुक बाहिरका पर्यटकको संख्या भने घट्दै जानु चुनौति रहेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बताउनुभयो ।

सडक यातायातको सुविधा, अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका उत्कृष्ट दश गन्तब्यमा समेटिनु, प्रचारप्रसार, डिजिटल मार्केटिङ, सुविधायुक्त होटल खुलेका कारण मुस्ताङमा आन्तरिक पर्यटकको चहल पहल पनि बढेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...