पन्थोकको गौराखोला सिचाई आयोजनालाई पूर्णता दिइदै

Gandaki Pardesh notice

पन्थोक, म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोकमा १ दशक अघि शुरु गरिएको सिचाई आयोजना निर्माणलाई पूर्णता दिने कामले तिब्रता पाएको छ ।

संघीयता कार्यान्वयन अघि वि.स. २०७२ मा शुरु भएको गौराखोला सिचाई आयोजना वि.स. २०७३ देखि बजेट बिनियोजन नहुँदा र पहिरोका कारण अधुरै रहेको थियो । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु. २० लाख बजेट बिनियोजन गरेपछि पन्थोकबासीको एक दशकदेखिको सपना पुरा हुन लागेको स्थानीय अगुवा दिलबहादुर पुनले बताउनुभयो ।

“तत्कालीन जिविसले शुरु गरेको योजनाले निरन्तरता नपाएको र पहिरोले क्षति गरेपछि ७ वर्षदेखि अलपत्र बनेको थियो,” पुर्व वडा सदस्य समेत रहेका पुनले भन्नुभयो “यसपाली प्रदेश सरकारबाट बजेट बिनियोजन भएपछि सिचाई योजनालाई पूर्णता दिन लागेका छौ ।”

Shreekrishna hardwear in news

७ वर्षअघि रु. १३ लाख खर्चेर जंगलेखोलाको मुहान देखि करिब १ किलोमिटर दुरिमा पाइपलाइन बिछ्याइएको थियो । उपभोक्ता समितिका सचिव केमबहादुर मल्लले मुहान देखि ५०० मिटर २०० मिलिलिटर क्षमताको पाइपबाट पानी चलाइसकेको र कुनलेखर्क सम्म थप ३०० मिटर पाइपलाइन जडान गर्ने काम भैरहेको जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

“मुहानदेखि कुनलेखर्क सम्म २०० एमएमको पाइप जडान गर्ने र कुइनेखर्क देखि पन्थोकसम्म पुरानो पाइपलाइन जडान गरेर पानी चलाउने तयारी गरेका छौ,” उहाँले भन्नुभयो “सिचाई अभावमा खेतीयोग्य जमिन बाँझै राख्नुपर्ने र सिचाईका लागि स्थानीयबासीहरुबीच बिवाद हुने समस्या हट्ने अपेक्षा गरिएको छ ।”

खानेपानी सिचाई तथा जलस्रोत डिभिजन कार्यालय म्याग्दीका सव ईञ्जिनियर अन्जन खत्रीका अनुसार सो योजनाबाट पन्थोकको ५० हेक्टर भन्दा बढी जमिनमा सिचाई सुविधा पुग्छ । करिब २०० घरधुरी लाभान्वित हुने कार्यालयले जनाएको छ ।

उपभोक्ता समिति र स्थानीयबासी गरि दैनिक १२ देखि २० जनाले श्रमदान गरेर पाइपलाइन खन्ने र जडान गर्ने काम गरिरहेका छन् । योजनाको शनिबार अनुगमन गर्नुभएका खानेपानी, सिचाई तथा जलस्रोत डिभिजन कार्यालयका प्रमुख झलकमोहन ओझाले गौराखोला लगायत म्याग्दीका ६० वटा सिचाई आयोजना निर्माणले तिब्रता पाएको बताउनुभयो ।

वादुक र घोरेनी कोत्रवाङ सिचाई आयोजनाको बहुबर्षीय ठेक्का आव्हान गरिएको र अन्य आयोजना उपभोक्ता समिति मार्फत कार्यान्वयन गरिएको ओझाले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...