कालञ्जरमा पञ्चदिवसीय साधना अनुष्ठान

Gandaki Pardesh notice

बेनी, । पर्वतको जलजला गाउँपालिका–६ कालञ्जर पर्वतमा पञ्च दिवसीय साधना अनुष्ठान शुरु भएको छ ।

समुन्द्रि सतहदेखि ३ हजार ३०० मिटर उचाईमा अवस्थित कालञ्जरलाई हिन्दु धर्मग्रन्थ रामायणमा जडिवुटीको भण्डार मानिएको छ । कालञ्जर पर्वतको प्रचारप्रसार र पूर्वाधार निर्माणका लागि आयोजना गरिएको अनुष्ठान वैशाख ११ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

ज्लजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले वैशाख ७ गते उद्घाटन गर्नुभएको अनुष्ठानमा पाठपारायण, जप, हवन, पुजन सहित अनुष्ठान, मृगसरोबार तथा कालाञ्जर मुक्ति क्षेत्रको महिमा सम्बन्धी प्रवचन हुने जनाइएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्यको योजना अनुसार कार्यक्रम आयोजना गरिएको हो । गाउँपालिका अध्यक्ष आचार्यले कालञ्जरसम्म सडक पुगेको र थप पूर्वाधार तथा प्रचारप्रसारमा जोड दिने बताउनुभयो ।

हिन्दु धर्मग्रन्थहरुमा पवित्र तपोभूमिका रुपमा ब्याख्या गरिएको कालञ्जर पर्वतमा धेरै ऋषिमुनीहरुले तपस्या गरेर ज्ञान आर्जन गरेका छन् । पद्यपुराणमा महादेव र पार्वतीको क्रिडास्थल, पितृको श्राद्धकर्मका लागि निर्देश गरिएका गंगासागर, ब्रह्सागर, यमुना, कुरुक्षेत्र, निलकण्ठ जस्तै कालञ्जर तिर्थलाई पनि उत्तम पितृतिर्थका रुपमा उल्लेख गरिएको छ ।

हिमालय पर्वतका राजा र उनकी पुत्री पार्वतिसँग जोडिएको कालञ्जर पहाड पवित्र भूमि र तपस्था स्थलका रुपमा ब्याख्या गरिएको छ । राजर्षी जडभरतले यस क्षेत्रमा तपस्या गरेको पुरणमा उल्लेख छ । एकपटक कालञ्जरमा रहेको मृग सरोवरमा स्नान गरेर त्यहाँ रहेका भगवान शिवको दर्शन गरेमा मात्रै पनि स्वर्गलोकमा जान पाइने धार्मिक मान्यता रहेको छ ।

कालञ्जर पर्वतलाई हम्माल पनि भनिन्छ । धौलागिरि, अन्नपूर्ण, निलगिरि, गुर्जा, पुथा, माछापुच्छ्रे, मनास्लु लगायत १६ हिमशृङखला, सुर्योदय, पर्वत, म्याग्दी, बागलुङ, कास्की, स्याङ्जा, गुल्मी, पाल्पा, गोरखा, तनहुँ, लमजुङ लगायत जिल्लाका पहाडी भूगोलको दृष्य अवलोकन गर्न सकिन्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...