रघुगंगा ६ का तीन वटा बस्तीमा बिजुली बल्यो

Gandaki Pardesh notice

म्याग्दी । भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको रघुगंगा गाउँपालिका–६ का तीन वटा बस्तीमा बिजुली बलेपछि खुसीयाली छाएको छ ।

नेपाल बिद्युत प्राधिकरण, रघुगंगा गाउँपालिका र स्थानीयको साझेदारीमा रायखोर, उल्लेरी र मुलपानीका ९१ घरमा केन्द्रीय प्रशारण लाइनको बिद्युतिकरण गरिएको हो । रायखोरका बासिन्दा समेत रहनुभएका वडा सदस्य लीलबहादुर पुनले बिद्युत सुबिधा भएपछि उज्यालोका लागि टुकी र सोलार बाल्नुपर्ने बाध्यता हटेकामा स्थानीयमा खुसीयाली छाएको जानकारी दिनुभयो ।
उज्यालोका साथै उद्योग व्यवसाय सञ्चालन गर्न, मोवाइल चार्ज गर्न, टेलिभिजन हेर्न, कम्प्युटर, ल्यापटप चलाउन सहज भएको छ । बिद्युत सुबिधा भएपछि ग्रामिण जिबनशैली सुधारमा सहयोग पुगेको छ । गाउँलेको दैनिकि सहज भएको छ । छरिएको र सडक सुबिधा नभएको तीन वटा बस्तीका बासिन्दा बिजुली बलेर गाउँ झिलिमिली भएपछि खुसी भएका छन् ।
यसअघि त्यहाँका बासिन्दा उज्लोका लागि मट्टितेलको टुकी र सोलारमा निर्भर थिए । लघुजलबिद्युतको सुबिधा थिएन् । बिजुली बाल्ने स्थानीयबासीले काँधमा बोकेर पोल ढुवानी गरेका थिए । रघुगंगा गाउँपालिकाले कात्तिक पहिलो हप्ता बेनीबाट ७५५ किलोग्राम तौल भएका दुई वटा १०० केभीए क्षमताको ट्रान्सफर्मर हेलिकप्टरबाट रायखोर र मुलपानीमा ढुवानी गरेको थियो ।

Bhautik ministry notice about road

सिम्रिक एयरको हेलिकप्टरमा झुण्डाएर दुई वटा ट्रान्सफर्मर ढुवानी गर्दा रु. दुई लाख ६१ हजार ७०० खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले बताउनुभयो । नेपाल बिद्युत प्राधिकरणले पाखापानीको कोटगाउँ देखि रायखोर उल्लेरी हुदै मुलपानी सम्म केन्द्रीय प्रशारण लाइनको पोल गाडेर तार तानेको थियो ।

Shreekrishna hardwear in news

यसअघि कात्तिक दोस्रो हप्ता रघुगंगा–६ मै पर्ने घण्टीवाङ, टेङ्गेरेङ, पेक्ना, पुतपुत र कालावाङ्गका ५० घरमा बिद्युतीकरण गरेर बिजुली बालिएको वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले बताउनुभयो । उहाका अनुसार सोही वडाको ठाडाखानीमा पनि केन्द्रीय लाइन बिस्तारको काम भैरहेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...