बावियाचौरमा महायज्ञ सुरु

Gandaki Pardesh notice

बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिका –२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवम् धार्मिक महोत्सव सुरु भएको छ ।

माटेवगरमा रहेको ऐतिहासिक देवि भगवती मन्दिर परिसरमा मंगला युथ क्लवको व्यवस्थापन तथा देवी भगवती मन्दिर संरक्षण समितिको आयोजनामा सुरु भएको धार्मिक महोत्सव वैशाख १६ गतेसम्म सञ्चालन हुनेछ ।

धार्मिक पर्यटकीय सम्भावनायुक्त देवी भगवती मन्दिरमा बहुउद्देश्यीय सेवा भवन निर्माण तथा एम्वुलेन्स खरिद गर्ने उदेश्यले आयोजित महायज्ञको शनिवार मंगला गाउँपालिकाका अध्यक्ष सत प्रसाद रोकाले उद्घाटन गर्नुभएको छ ।

Shreekrishna hardwear in news

महायज्ञको उद्घाटन गर्दै अध्यक्ष रोकाले सामाजिक एकता, सदभाब फैलाउन र धार्मिक महिमाको संरक्षण तथा धार्मिक पर्यटन विकास गर्न महायज्ञले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सामाजिक सेवाको पवित्र भावना राखेर आयोजना गरिएको महायज्ञलाई सफल बनाउन पालिकाले रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

Bhautik ministry notice about road

कार्यक्रममा मंगला गाउँपालिका वडा नम्वर २ का अध्यक्ष धन बहादुर खाती क्षेत्री, मंगला माविका प्रधानाध्यापक गम बहादुर केसी, राप्रपाका नेता विनोद भट्टचन, मुल समारोह समितिका सह–कोषाध्यक्ष निरज खड्का, प्रचार प्रसार उप–समितिका संयोजक चक्रलाल पाण्डे (राजु) लगायतले महायज्ञबाट संकलन हुने रकमले बहुउदेश्यीय भवन र एम्बुलेन्स खरिद गरिने भएकाले महोत्सवमा सक्दो सहयोग गर्न आह्वान गर्नुभएको थियो ।

महायज्ञ उद्घाटनको अवसरमा बावियाचौरमा शान्ति कलश यात्रा गरिएको थियो । विभिन्न आमा समुह तथा संघ संस्थाको उपस्थितिमा कलश यात्रा गरि बाबियाचौर बजार परिक्रमा गरिएको थियो । महायज्ञमा प्रखर वाचक पण्डित श्री कपिलदेव भट्टले कथा प्रबचन गर्नुहुनेछ । महायज्ञमा दैनिक पुजापाठ, ग्रह शान्ति ब्रतवन्ध, बिवाह, ब्रतसाङेता, सन्ध्या महाआरति, लाखवत्ति, कलश, मुलकर्ता भुमिदान र तुलादन समेतको ब्यबस्था छ ।

महायज्ञमा राष्ट्रिय स्तरका कलाकारहरुद्वारा बिभिन्न आकर्षक भजनकृतन, पशुपति, देबघाट तथा बनरासमा देखिने निकै आकर्षक माहाआरति साथै देबलिला झाँकी र सन्देश मुलक नाटकहरु समेत प्रस्तुत गरिने मुल समारोह समितिका संयोजक नविन अधिकारीले जानकारी दिनुभयो ।

महायज्ञको पहिलो दिन मंगला २ बाबियाचौर निवासी स्वर्गीय नगेन्द्र बहादुर अधिकारीको स्मृतिमा उहाँका छोरा, छोरी, ज्वाँइलगायत स–परिवारको तर्फबाट २ लाख १ हजार १११ रुपैयाँ सहयोग प्राप्त भएको मुल समितिका सह– कोषाध्यक्ष निरज खड्काले जानकारी दिनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...