माओवादी केन्द्र म्याग्दीको संयोजकमा केसी र सचिवमा पौडेल

Gandaki Ghumau

बेनी, नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति म्याग्दीको संयोजकमा सेरबहादुर केसी र सचिवमा कुशल पौडेल चयन भएका छन् ।

बेनीमा सोमबार बसेको माओवादी केन्द्र म्याग्दी अन्र्तगत कार्यालयको विस्तारित बैठकले समन्वय समितिको संयोजकमा केसी र सचिवमा पौडेललाई चयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो । बाहालवाला जिल्ला संयोजक रेशम बहादुर जुग्जालीले संयोजकमा केसी र सचिवमा पौडेलको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको जानकारी दिए ।

‘जनप्रतिनिधिको भूमिकामा रहेकाहरु पार्टीको जिम्मेवारीमा नरहने नीति अनुसार नेतृत्व हस्तान्तरण गरेको हो,’ गण्डकी प्रदेशसभा सदस्य रहेका जुग्जालीले भने ‘प्रदेश कमिटिका सदस्यबाट संयोजक चयन गर्ने बिधी भएपनि म्याग्दीका सबै प्रदेश सदस्यहरुले केसीको नाम अघि सारेपछि उहाँ सर्वसमम्मत हुनु भएको हो ।’

Shreekrishna
Gunasthariya Shiksya

गण्डकी प्रदेशका पुर्व मन्त्री रहेका जुग्जालीले करिब २ वर्ष भन्दा बढी समय पार्टीको नेतृत्व गरेका थिए । जिल्ला संयोजक चयन भएका केसी माओवादी केन्द्रको बेनी नगर कमिटि अध्यक्ष हुन् । जनयुद्धमा भूमिगत भएका पौडेल विद्यार्थी हुदै पार्टी राजनीतिमा सक्रिय छन् ।

नेकपा माओवादी केन्द्रका म्याग्दी जिल्ला ईञ्चार्ज गोविन्द पौडेलले केसी जिल्ला संयोजक भएपछि रिक्त भएको बेनी नगरको नेतृत्वमा पनि छिट्टैने चयन गरिने बताए । सर्वसम्मत रुपमा नेतृत्व चयन हुँदा एकताको सन्देश प्रवाह भएको बताए ।

प्रदेश र केन्द्रिय कमिटिले अनुमोदन गरेपछि केसी र पौडेलले जिम्मेवारी सम्हाल्ने जनाइएको छ । संयोजक केसी र सचिव पौडेलले म्याग्दीमा माओवादी पार्टीको संगठन निर्माण, नागरिकका समस्या सम्बोधन र विकास निर्माणका क्षेत्रमा सक्रियताका साथ काम गर्ने प्रतिवद्धता जनाए ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...