पर्यटक र पूर्वाधारको पर्खाइमा सेतिनी झरना

Gandaki Pardesh notice

चिमखोला, म्याग्दीको रघुगंगा गाउँपालिका– ७ मा रहेको सेतिनी झरना पर्यटक र पूर्वाधारको पर्खाइमा रहेको छ ।

पूर्वाधार र प्रचारप्रसारको कमीले प्रशस्त पर्यटकीय सम्भावना बोकेको सेतिनी झरना ओझेलमा परेको हो । समुन्द्रि सतहदेखि २ हजार ६४० मिटर उचाईको पहाडमा रहेको सेतिनी झरना र आसपास मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ ।

रघुगंगा गाउँपालिका–७ चिमखोलाका सप्रसाद पुनले सेतिनि झरनाको सौन्दर्य स्थानीय स्तरमै सिमित भएको बताउनुभयो । “अग्लो पहाडबाट छङछङ गर्दै खस्ने झरना जति हेरे पनि धित मर्दैन,” उहाँले भन्नुभयो “सेतिनी झरनाको सुन्दरताको प्रचारप्रसार नहुँदा पर्यटक भित्र्न सकेका छैनन् ।”

Shreekrishna hardwear in news

२ वटा पहाडको बिचभागमा खोलाले बनाएको खोचबाट खस्ने सेतीनी झरनाको उचाई करिब १३० मिटर छ । बर्खामा पानी ठूलो हुँदा झरनामा इन्द्रेणी देखिन्छ । हिउँदमा झरनाको पानी वरपरको पहाडमा जमेर सेताम्मे हुन्छ ।

Bhautik ministry notice about road

शान्त र एकान्त ठाउँ छ । वस्ति देखि टाढा रहेको झरना वरपर लालीगुराँसको जंगल छ । निर्माणाधिन ठुलोखोला जलविद्युत आयोजनाको बाँध र उपल्लो ठूलोखोला जलविद्युत आयोजनाको विद्युतगृहको नजिकै सेतिनी झरना रहेको छ ।

उपल्लो ठुलोखोला जलविद्युत आयोजनाको विद्युतगृह देखि बाँधतर्फ जाने पहुँचमार्गको यात्रा गर्दा सेतिनी झरनालाई दायाँतर्फ देख्न सकिन्छ । चिमखोलाको मण्डली युवा क्लवले सडकको छेउमा सेतिनी झरना अवलोकन स्थल र सूचनामुलक बोर्ड राखेका छन् ।

स्थानीयबासी र जलविद्युत आयोजनाका कर्मचारी तथा मजदुरहरु थकान मेटाउन र रमाइलोका लागि झरना अवलोकन गर्न आउँछन् । झरनाको विशेषताका बारेमा प्रचारप्रसार र पूर्वाधार बनाउने हो भने पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको सेतिनी भ्यालीमा होटल सञ्चालन गरेका चिमखोलाका कुशल पाइजाले बताउनुभयो ।

काठै काठले निर्माण गरिएको टहराहरुमा सञ्चालित होटल परिसरबाट सेतिनी झरना र धौलागिरि हिमालको दृष्य अवलोकन गर्न सकिन्छ । सेतिनी झरना धौलागिरि सेञ्चुरी, आइसफल र टोड्के–धौलागिरी पानोरमा सांस्कृतिक पदमार्गमा समेटिएको छ ।

तीन वटै धौलागिरी हिमालको आधार शिविर भएर म्याग्दी र मुस्ताङ आवत जावत गर्ने पदमार्ग हुन् । रघुगंगा गाउँपालिका–७ का वडा अध्यक्ष थकबहादुर पाईजा (रिम)ले सेतिनी झरना हुदै धौलागिरि आधार शिविर र मुस्ताङको लेते निस्कने पदमार्ग निर्माणलाई पूर्णता दिएर पर्यटक भित्र्याउन पहल गरिएको बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...