उत्साही कपमा पत्रकार र कलाकारलाई सम्मान

Gandaki Pardesh notice

बेनी, । बेनीको खुल्लामञ्चमा संचालित पाँचौ उत्साही कप ९ ए साईड फुटबल प्रतियोगिताको समापन समारोहको अवसरमा पत्रकार र कलाकारलाई सम्मान गरिएको छ ।

पत्रकार अमित विश्वकर्मा, कृष्ण जिसी, कलाकार ध्रुव जिसी, विहान भण्डारी र समाजसेवी महिला टकसरा रानालाई सम्मान गरिएको हो । पत्रकारीताको माध्यमबाट जिल्लाको विकासमा पु¥याएको योगदानको कदर गर्दै नेपाल पत्रकार महासंघ म्याग्दीका कोषाध्यक्ष समेत रहनुभएका जनसेन्देश डटकमका प्रकाशक अमित विश्वकर्मा र जलजला अनलाईनका सम्पादक प्रकाशक कृष्ण जिसीलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो ।

Bhautik ministry notice about road

त्यस्तै कला, संस्कृतिको विकास र संरक्षणमा योगदान पु¥याएको भन्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीका अध्यक्ष समेत रहनुभएका लोक गायक ध्रुव जिसी र नव प्रतिभा बालकलाकार विहान भण्डारीलाई सम्मान गरिएको क्लवका सचिव राजकुमार परियारले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

कार्यक्रममा मंगला आमा समुहकी अध्यक्ष टकसरा रानालाई उहाँको सामाजिक योगदानको कदर गर्दै सम्मान गरिएको छ । उहाँहरुलाई नव उत्साही समुहका संस्थापक अध्यक्ष दिलिप वरुवाल, जिल्ला फुटवल संघ म्याग्दीका अध्यक्ष कुमार वानियाँ, क्लवका अध्यक्ष सुरेन्द्र श्रेष्ठ लगायतले सम्मान गर्नुभएको थियो ।

क्लवले समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरुलाई छनौट गरि वर्षेनी सम्मान गर्दै आएको क्लवका अध्यक्ष श्रेष्ठले बताउनुभयो । साथै पाँचौ उत्साही कपलाई सफल बनाउनका लागि पुरस्कार प्रायोजन तथा आर्थिक सहयोग प्रदान गर्ने दाताहरुलाई सम्मान गरिएको छ । क्लवका विभिन्न गतिविधिहरुमा सहयोग गर्ने पर्वत बेनीका व्यवसायी तथा समाजसेवीहरुलाई पनि कार्यक्रमको अवसरमा सम्मान गरिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...