बेनीको पर्यटक सूचना केन्द्र ३ वर्षपछि पुनःसञ्चालन

Gandaki Pardesh notice

बेनी, म्याग्दीको बेनीमा शनिबार देखि पर्यटक सञ्चालन केन्द्र पुनः सञ्चालन भएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघ, बेनी नगरपालिका र नेपाल पर्यटन बोर्डले बेनपा–८ कालीपुल बसपार्कमा सञ्चालन गरेको केन्द्रको नव वर्ष २०८१ को अवसर पारेर शनिबार जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभयो ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले जिल्लाको प्रमुख नाका कालीपुल बसपार्कमा स्थापना भएको सूचना केन्द्रमा जिल्लाका धार्मिक, पर्यटकीय स्थल, कला, संस्कृति सम्बन्धी जानकारी मुलक तस्विर तथा दृष्य सामग्री राखिएको बताउनुभयो ।

Shreekrishna hardwear in news

“म्याग्दी भ्रमण वर्षको अवसरमा २०७५ मा स्थापना भएको सूचना केन्द्र कोरोना महामारी फैलिएपछि वि.स. २०७७ देखि बन्द भएको थियो,” उहाँले भन्नुभयो “३ वर्षपछि पुनःसञ्चालनमा ल्याइएको सूचना केन्द्रमा १ जना कर्मचारी राखेका छौ ।”

Bhautik ministry notice about road

सूचना केन्द्र रहेको भवनमा स्थानीय उत्पादनहरुको बिक्री कक्ष सहितको कोशेली घर पनि छिट्टै सञ्चालनको तयारी गरेको संघका बरिष्ठ उपाध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो । म्याग्दीका ६ वटै स्थानीय तहका पर्यटकीय, धार्मिक स्थलका साथै जनजिवन, संस्कृति, रहनसहन झल्कने तस्विर, त्यसको महत्व, अवस्थिति, पुग्न लाग्ने समय र खान बस्नको सुविधा लगायत विषयमा जानकारीमुलक बोर्ड राखिएको छ ।

सूचना केन्द्रका संयोजक समेत रहेका शाक्यका अनुसार कर्मचारीले पर्यटकलाई पदमार्गसम्बन्धी अन्योलमा परामर्श दिने, मद्दत, सहजिकरण, समन्वय गर्नेछन् । स्थानीय तह र निजी क्षेत्रको समन्वयमा सूचना केन्द्रलाई दिर्घकालिन हिसाबले सञ्चालन गर्नुपर्ने जिसस प्रमुख थापाले बताउनुभयो ।

सूचना केन्द्र स्थापनाका लागि तत्कालीन जिविस र बेनी नगरपालिकाले रु. २५ लाख बढी बजेट खर्चेर भवन बनाएका थिए । नेपाल पर्यटन बोर्डले पर्यटकीय क्षेत्रको फ्रेमसहित फोटाहरू, मोना हङकङले ५१ इन्चको भिडियो डिस्प्ले स्क्रिन राखेको छ । उद्योग वाणिज्य संघ, जेसीज लगायत संघ, संस्थाले म्याग्दीका पर्यटकीय क्षेत्रका नक्सा, गाइड बुक र ब्रोसर राखेका म्याग्दी उद्योग वाणिज्य संघका महासचिव नारायण जिसीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...