मालिकाको ३ वटा वडामा विद्युतीकरणको परिक्षण थालियो

Gandaki Pardesh notice

बेनी ः म्याग्दीको मालिका गाउँपालिकाको ३ वटा वडामा शुक्रबार साँझ एकै साथ केन्द्रिय लाइनको विद्युतीकरणको परिक्षण गरिएको छ ।

मालिका गाउँपालिकाको २, ३ र ४ नम्बर वडाका ४०० घरधुरीमा विद्युतीकरणका लागि जडान गरिएको ट्रान्सफर्मर र मुख्य लाइनको परिक्षण गरिएको हो । विद्युतीकरणका लागि ठेक्का सम्झौता गरेको रविन्द्र÷ढुंगाना जेभीका प्रतिनिधी दिनेश ढुङ्गानाले चार वटा ट्रान्सफर्मर चार्ज र मुख्य लाइनको परिक्षण सफल भएको जानकारी दिनुभयो ।

“मालिकाको वडा नम्बर २ को रुम, बेली, जेम, घाङ्लेपानी, वडा नम्बर ३ को लुप्सीपार, पात्ले र ४ नम्बर वडाको ओखरबोटको मुख्य र शाखा लाइनको पोल गाड्ने, तार तान्ने र ट्रान्सफर्मर जडान गरी चार्च र परिक्षण सफल भएको छ,” उहाँले भन्नुभयो “विद्युत प्राधिकरणले मिटर बक्स वितरण, हाउस वायरीङ गरेपछि ४०० घरधुरीमा केन्द्रिय लाइनको बिजुली बल्छ ।”

Shreekrishna hardwear in news

नेपाल विद्युत प्राधिकरणको पूर्ण विद्युतीकरण कार्यक्रम अन्तरगत पहिलो चरणमा मालिकाका ३ वटा वडामा बिजुली बाल्ने तयारी भएको हो । प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुख प्रताप बरालले माग गरिएको मिटरबक्स प्राप्त भएपछि उपभोक्ताहरुलाई वितरण गरि बिजुली बालिने बताउनुभयो ।

मालिकाको २, ३ र ४ नम्बर वडाको घ्याङलेपानी बाहेकका बस्तिका बासिन्दाले हाल उज्यालोका लागि लघुजलविद्युत परियोजनाको विद्युत प्रयोग गर्दै आएका छन् । विद्युतको कुनै स्रोत नभएको घ्याङलेपानीका बासिन्दाहरुले सोलार र टुकी प्रयोग गर्छन् । बर्षौको प्रयासपछि बिजुली बाल्ने तयारी भएको हो । रुममा ४ वर्षअघि तार तान्ने र पोल गाडिएको थियो ।

Bhautik ministry notice about road

म्याग्दीका १४ स्थानका दुई हजार १८३ घरधुरीमा राष्ट्रिय प्रशारण लाइनको विद्युत सुविधा विस्तार गर्न गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली र हरिबहादुर भण्डारीले उर्जा, जलस्रोत तथा सिचाई मन्त्री शक्ति बस्नेतसँग समन्वय गरि गत वर्ष रु. २० करोड बजेट बिनियोजन गर्नुभएको थियो ।

यो योजना मार्फत म्याग्दीको भौगोलिक र दुर्गम क्षेत्रमा पर्ने धवलागिरी गाउँपालिकाको गुर्जा बाहेक सबै बस्तिमा केन्द्रिय लाइनको विद्युत सुविधा पुग्ने प्रदेशसभा सदस्य जुग्जालीले बताउनुभयो ।

“उज्यालो म्याग्दी बनाउने अभियान अन्तरगत हामीले सम्माननीय प्रधानमन्त्रीसँग अनुरोध गरेर विद्युत प्राधिकरणले आफ्नै स्रोतबाट बजेट व्यवस्थापन गरेर शुरु भएको आयोजना हो,” उहाँले भन्नुभयो “विद्युत सुविधा विस्तारसँगै जनजिवनका साथै पर्यटकीय स्थलहरुमा पनि सहज हुने अपेक्षा गरेका छौ ।”

४७.६ किलोमिटर मुख्य र १२६ किलोमिटर शाखा लाइन विस्तार र २० वटा ट्रान्सफर्मर जडान गर्न गत असोज तेस्रो हप्ता रविन्द्र÷ढुंगाना जेभीसँग रु. तीन करोड ५४ लाखमा ठेक्का सम्झौता भएको थियो ।

सामग्री, उपकरण खरिद, ढुवानी सहित सबै काम गर्न कुल रु. बीस करोड ५३ लाख ३६ हजार २७८ लागत अनुमान गरिएको छ । एक वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
म्याग्दी क्षेत्र १(१) बाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य हरिबहादुर भण्डारीले म्याग्दीमा विद्युतीकरणका लागि हालसम्मकै ठूलो बजेटको आयोजना भित्रिएको बताउनुभयो । नेपाल विद्युत प्राधिकरणको म्याग्दी बितरण केन्द्र अन्तरगत २२ हजार विद्युतका ग्रहाक छन् । गत आर्थिक वर्ष २०७९÷०८० मा एक हजार २३८ उपभोक्ता थपिएका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...