नयाँ वर्षको अवसरमा एमालेको चियापान र शुभकामना आदानप्रदान कार्यक्रम

Gandaki Pardesh notice

बेनी, । नेकपा एमालेले नयाँ वर्ष २०८१ को अवसरमा शुक्रबार बेनीमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।

नयाँ वर्षको अवसरमा जिल्लाको विकास, सम्बृद्धि, आर्थिक, सामाजिक मुद्दामा राजनीतिक एकताको सन्देश प्रवाह गराउने उद्देश्यले चियापान र शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले बताउनुभयो ।

कार्यक्रममा एमालेका केन्द्रिय सदस्य तथा पुर्व सांसद भुपेन्द्रबहादुर थापाले समाजमा बढ्दो अराजकताले दलिय व्यवस्थामाथी प्रहार भएकाले राजनीतिक वर्ग सचेत बन्नुपर्ने अवस्था आएको बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

संविधानसभा सदस्य तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य गोविन्द पौडेल, संविधानसभा सदस्य रेशमबहादुर बानिया र नेपाली काँग्रेसका उपसभापति हरिकुमार श्रेष्ठले म्याग्दीको विकास, सम्बृद्धी र आर्थिक, सामाजिक मुद्दामा सबै राजनीतिक दलहरुले सहकार्य तथा सहअस्तित्वको भावनाले काम गरिरहेको बताउनुभयो ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जिल्लामा विकास र बजेट ल्याउन जो जहाँ पहुँचमा छ उसले अगुवाई गर्नुपर्ने र त्यसलाई प्रभावकारी हिसाबले सबैले अपनत्व लिने हिसाबले कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

जिल्ला समन्वय अधिकारी राजेन्द्र पोख्रेल, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ र नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश पौडेलले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो । एमाले म्याग्दीका उपाध्यक्ष प्रमोद श्रेष्ठले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव थमसरा पुनले गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...