रघुगंगा पूर्णखोप सुनिश्चितता पालिका घोषणा

Gandaki Ghumau

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता स्थानीय तह घोषणा गरिएको छ ।

लक्षित उमेर समुहका बालबालिकाहरुले तोकिएको खोपको पुरा मात्रा लगाएकाले चिमखोलालाई सोमबार र कुइनेमंगलेलाई शुक्रबार पूर्णखोपको दिगोपना कायम राख्ने प्रतिवद्धता जनाउदै घोषणा गरिएको हो ।

स्वास्थ्य कार्यालयका खोप सम्बन्धी कार्यक्रमका प्रमुख बिरेन्द्र जयसवालले चालु आर्थिक वर्ष २०८०÷०८१ मा पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने रघुगंगा म्याग्दीको पहिलो स्थानीय तह भएको बताउनुभयो ।

Shreekrishna

१६ महिना देखि ५ वर्ष उमेर समूहका ५९२ जना बालबालिकाहरुले तोकिएको सबै प्रकारका खोपहरु लगाएकाले पूर्णखोप सुनिश्चितता घोषणा गरिएको रघुगंगाका स्वास्थ्य शाखा प्रमुख टिकाबहादुर शाहीले बताउनुभयो । जनप्रतिनिधी, महिला स्वास्थ्य स्वमसेविका, खोप समन्वय समितिका पदाधीकारी, सदस्य र बालबालिकाका अभिभावकहरुको उपस्थितिमा घोषण कार्यक्रम आयोजना गरिएको छ ।

Gunasthariya Shiksya

रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीको अध्यक्षता र जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष प्रेमकुमारी पुन, प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारी, वडा अध्यक्ष, कार्यपालिका सदस्यहरुको उपस्थिति थियो ।

यसअघि रघुगंगाका ८ वटै वडालाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको थियो । महामारीजन्य रोग लाग्न नदिन हेपाटाईटिस बि, जापनिज ईन्सेफलाईटिस, हेमोफिलस एन्फ्युएन्जा बि, रुबेला, न्युमोकोकल तथा आईपिभी, दादुरा रुवेलाको दोस्रोमात्रा, झाडापखला विरुद्धको रोटा तथा टाईफाईड विरुद्धको खोप लगाउने नेपाल सरकारको प्राथमिकताप्राप्त कार्यक्रम हो ।

एक जनालाई खोप लगाउन सरकारको प्रतिव्यक्ति ४० हजार रुपैयाँ लगानी हुने गरेको छ । बालबालिकाहरुलाई रोगबाट बचाउन, बिरामी, अपाङ्गता र मृत्युदर घटाउने खोप कार्यक्रमको प्रमुख उद्देश्य रहेको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...