राष्ट्रिय प्रतियोगितामा गण्डकीको महिला भलिबल टिम फाइनलमा

Gandaki Pardesh notice

भरतपुर, । चितवनको भरतपुरमा जारी प्रथम बागमती प्रदेश स्तरीय राष्ट्रिय भलिबल प्रतियोगितामा म्याग्दीका खेलाडीहरु सहभागी गण्डकी प्रदेशको महिला भलिबल टोली फाइनलमा प्रवेश गरेको छ ।

भरतपुरमा बिहिबार भएको सेमिफाइनलमा लुम्बीनी प्रदेशलाई १ का विरुद्ध ३ सेटले पछि पार्दै गण्डकीको टोली फाइनलमा पुगेको प्रशिक्षक मलिन रोकाले जानकारी दिनुभयो । महिला भलिबलको राष्ट्रिय टिमको कप्तान अरुणा शाहीको नेतृत्वमा मैदानमा उत्रिएको गण्डकीले पहिलो सेट २६–२४ ले जितेर सुरुवातमै लुम्बीनीलाई दवावमा राख्यो ।

Bhautik ministry notice about road

दोस्रो सेटमा २५–२१ मा जितेको गण्डकीले तेस्रो सेट भने २५–११ मा लुम्बिनीलाई सुम्पिन पुग्यो । चौथो सेटमा सुधारिएर मैदानमा उत्रिएका गण्डकीका खेलाडीले २५–१५ को अन्तरमा लुम्बीनीलाई सेमिफाइनलबाट अगाडी बढ्न रोक्न सफल भए ।

Shreekrishna hardwear in news

न्यु डायमण्डका खेलाडीहरुको बाहूल्य उपस्थिति रहेको बागमती र म्याग्दीका ७ जना खेलाडी सहभागि गण्डकीको टिमबिच शुक्रबार फाइनल खेल हुने भएको छ । केही दिनअघि भएको एनिबिए भलिबल प्रतियोगिताको बिजयी लुम्बीनीलाई सेमिफाइनलमा रोकेको गण्डकीका खेलाडीलाई बागमतीसँग बिजयी हुने रणनीतिका साथ मैदानमा उत्रिनुपर्ने चुनौति छ ।

प्रतियोगितामा ७ वटा प्रदेशको सहभागिता छ । गण्डकीको टिममा अरुणा सहित रिकजना बोटे, मनिषा तिलिजा, काजल छन्त्याल, शोभा पाइजा, सलिना बुढाथोकी र रेविना घर्तिमगर लगायत सहभागि हुनुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...