बैदेशिक रोजगारीका क्रममा समस्यामा परेकालाई सघाउदै आप्रवासी स्रोत केन्द्र

Gandaki Pardesh notice

बेनी, ः रोजगारीका लागि होटलमा काम गर्न ७ वर्षअघि युएई गएका म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीका २७ वर्षीय इन्द्रबहादुर बिक भिसा अवधी सकिएपछि २ वर्षअघि सामान आपुर्ति गर्ने अर्को कम्पनीमा काम गर्न थाल्नु भएको थियो ।

होटलमा राम्रै कमाई गरिरहेका बिकले भिसाको म्याद सकिएको र अन्य प्रक्रीया पुरा नगर्दा नयाँ कम्पनीले सेवा सुविधा नदिएपछि विलखबन्दमा पर्नुभयो । सामाजिक सञ्जाल मार्फत बेनीको आप्रवासी स्रोत केन्द्रमा सम्पर्क गरि करिब ४ महिनाको प्रयासपछि बिक घर फर्कन सफल हुनुभएको छ ।

“आप्रवासी स्रोत केन्द्रले प्रवासी नेपाली समन्वय समितिसँग दुवईको दुतावास मार्फत मलाई उद्धार गरेर घर फर्कने वातावरण बनाइदियो,” गत हप्ता घर फिरेका उहाँले भन्नुभयो “अप्ठ्यारो र असहज अवस्थाबाट मुक्ति मिलेको महशुस गरेको छु ।”

Shreekrishna hardwear in news

बेनीमा सञ्चालन भएको आप्रवासी सहायता कक्ष वैदेशिक रोजगार सम्बन्धी समस्यामा परेका इन्द्र जस्तै म्याग्देलीहरुका लागि प्रभावकारी बनेको छ । ठगिएका, विदेशमा अप्ठ्यारोमा पर्ने लगायत वैदेशिक रोजगार सम्बन्धी समस्यामा परेकाहरुका लागि सहायता कक्ष साहारा बनेको हो ।

वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित बनाउन श्रम तथा रोजगार मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी गत साउन महिनादेखि जिल्ला समन्वय समितिको संयोजनमा प्रशासन कार्यालयमा सहायता कक्ष स्थापना भएको थियो ।

राहदानी बनाउन आएका व्यक्तिलाई वैदेशिक रोजगारीमा जानु अघि, विदेशमा काम गर्दा र फर्कदा आई पर्ने कानुनी ज्ञान र विधिको बारेमा जानकारी गराउनुका साथै ठगी, उद्दार, राहत, विदेशबाट शव ल्याउन, क्षतिपुर्ति र बिमा सुविधाका लागि सहजिकरण गरिएको कक्षका सूचना तथा परामर्शकर्ता प्रमिला पौडेलेले बताउनुभयो ।

“सहायता कक्ष स्थापना भएदेखि ४ हजार जनालाई परामर्श, ३९ वटा समस्याको सुनुवाई र रु. ४९ लाख ९१ हजार सहायता प्रदान र ठगिएको रकम असुल उपर गरिएको छ,” उहाँले भन्नुभयो “समस्यामा परेकाहरुका लागि सामाजिक सञ्जाल, इमेल र फोन मार्फत सम्पर्क गर्ने व्यवस्था मिलाएका छौ ।”

विदेशमा अप्ठ्यारोमा परेका ४ जनाले सम्पर्क गरेकामा सबैको उद्दार भएको सूचना तथा परामर्शकर्ता पौडेलले बताउनुभयो । वैदेशिक रोजगार सम्बन्धी ठगीको १९ वटा उजुरी परेकोमा २ वटाको समाधान भएको छ ।

Bhautik ministry notice about road

विदेशमा मृत्युवरण गरेका २ जनाका आश्रित परिवारलाई रु. २१÷२१ लाख आर्थिक सहायता प्रदान गरिएको छ । विदेशमा दिवंगत भएका २ जनाको शव ल्याइएको र २ जनालाई बिमा सुविधाका लागि सहजिकरण गरिएको छ । ३ जनाको मृत्यु सान्तवना राहतका लागि निवेदन प्राप्त भएकोमा सबै प्रक्रीयामा छन् ।

वैदेशिक रोजगारका क्रममा विदेशमा ज्यान गुमाएकाका छोराछोरीलाई उपलब्ध गराइने छात्रवृत्ति सुविधाको बारेमा समुदाय स्तरमा जानकारी नपाएकाले कमै मात्र निवेदन आएको सूचना तथा परामर्शकर्ता पौडेलले बताउनुभयो ।

४१ जनालाई छात्रवृत्तिका लागि स्थानीय तहसँग समन्वय गरिएको छ । विदेश जान जाहने ३७ जनालाई विभिन्न सिपमुलक तालिम प्रदान गरिएको छ ।

वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रणका लागि आप्रवासीहरुले व्यहोर्नुपर्ने सास्ती, झञ्जट र समस्या न्युनीकरण गर्न आप्रवासी स्रोत केन्द्रबाट सहयोग पुगेको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले बताउनुभयो ।

“वैदेशिक रोजगारीमा गएका र समस्यामा फसेका वा उतै मृत्युवरण गरेका आप्रवासीका परिवारलाई कानुनी सहायता लिने विधि सम्बन्धी परामर्श दिनका लागि सहायता कक्षमा २ जना कर्मचारी परिचालन गरिएको छ,” उहाँले भन्नुभयो “लक्षित वर्गले सही सूचना पाउन थालेका छन् भने श्रमिक तथा परिवारको आर्थिक सामाजिक सुदृढीकरण एवं सीप र उद्यमशीलतामा पहुँच बढ्न थालेको ।”

नेपाल सरकार र स्वीस सरकारबीच भएको द्विपक्षीय सम्झौता अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ३८ जिल्लामा आप्रवासी स्रोत केन्द्र स्थापना गरेको छ ।

सही सूचनाको अभावमा खाडी मुलुकमा जोखिमपूर्ण काम, न्यून तलबलगायत समस्या भोग्नुपरेको स्थितिलाई मध्यनजर गर्दै केन्द्रले सही सूचना दिने र सूचनामा पहुँच वृद्धि गर्ने कार्यमा सघाउ पु¥याइरहेको छ ।

सुरक्षित वैदेशिक रोजगारका बारेमा जनचेतनाको कमी, गन्तव्य मुलुकमा गर्नुपर्ने कामको उचित सीप नहुनु, ठगी तथा अलपत्र पर्नु, कानूनी सहायताका लागि आवश्यक प्रमाण नहुनु, गन्तव्य मुलुकको हावापानी, रहनसहन र संस्कृतिबारे ज्ञान नहुनु, भारतको बाटो हुँदै वैदेशिक रोजगारमा जाने प्रवृत्तिलगायत कारणले वैदेशिक रोजगारको क्षेत्र चुनौतीपूर्ण छ ।

वैदेशिक रोजगारीका कारण गरिबी न्यूनीकरण एवं सामाजिक जीवनस्तरमा परिवर्तन आए पनि पारिवारिक बेमेल, हिंसा, भड्किलो र खर्चिलो सामाजिक जीवन, युवा जनशक्तिको अभाव, जग्गा बाँझो छाड्ने प्रवृत्ति, आन्तरिक बसाइँसराइले ज्येष्ठ नागरिक एक्लिदो अवस्था, मानव बेचबिखन बढ्नुका साथै अनुत्पादक क्षेत्रमा खर्च वृद्धि बढेको छ ।
साभार रिखार दैनिक पत्रिकाबाट

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...