बेनी, । म्याग्दीमा महामारी र विपद्जन्य अवस्थामा स्वास्थ्य सम्बन्धी क्वीइक रेस्पोन्स टिम (क्युआरटी)लाई सक्रीय बनाउन थालिएको छ ।
विपद् तथा महामारी नियन्त्रण र व्यवस्थापनका लागि जिल्ला, पालिका र वडा तहमा स्वास्थ्यको आपतकालिन कार्य गर्ने टोली तयार पारिएको हो ।
कोभिड १९ को समयमा यो टिमले प्रभावकारी काम गरेको थियो । क्युआरटीको विषयमा बुधबार बेनीमा भएको विपद् व्यवस्थापन समितिको बैठकमा सरोकारवालाहरुलाई जानकारी गराइएको थियो ।

स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले विपद्को अवस्थामा तत्काल औषधी उपचारको ब्यवस्था मिलाउनका लागि क्युआरटीले काम गर्ने बताउनुभयो । टिममा बेनी अस्पतालका मेडिकल अधिकृत रामु सापकोटा, ल्याब टेक्नीसियन याम बहादुर थापा लगायत ११ जना सदस्य हुनुहुन्छ ।
पलिका र वडा स्तरमा पनि स्वास्थ्यको क्युआरटी बनाउन अनुरोध गर्दै स्वास्थ्य कार्यालयका प्रमुख ठकुराठीले महामारी र विपद्को अवस्थामा टिमसँग समन्वयका लागि आग्रह गर्नुभयो ।
