३७.५ मेगावाट क्षमताको मंगले राहुघाट जलविद्युत आयोजनाको सुरुङ जोडियो

Gandaki Pardesh notice

चिमखोला ः म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधिन ३७.५ मेगावाट क्षमताको मंगले राहुघाट जलविद्युत आयोजनाको सुरुङ बुधबार ‘ब्रेक थ्रु’ भएको छ ।

तुँदी पावर कम्पनी प्रर्वद्धक रहेको आयोजनाको बाँध रहेको रघुगंगा गाउँपालिका–८ बन्दीको अडिट १ र खरिबोट स्थित अडिट नम्बर २ जोड्ने सुरुङको ब्रेक थ्रु (जोडिएको) हो । आयोजनाका आवासीय ईञ्जिनियर प्रकाश तिमिल्सिनाले अडिट १ र २ जोड्ने १ हजार ९०० मिटर लामो सुरुङ जोडिएको जानकारी दिनुभयो ।

“अडिट २ र मलाङ स्थित अडिट ३ जोड्ने १ हजार ८०० मिटर लामो सुरुङ यसअघिनै जोडिएको थियो,” उहाँले भन्नुभयो “बाँध देखि बिद्युतगृहमा पानी लैजान ५ हजार ३२८ मिटर लामो सुरुङ निर्माण गर्ने काम सकिएको छ ।”

Shreekrishna hardwear in news

जलविद्युत आयोजना निर्माणमा सुरुङ निर्माणलाई महत्वपूर्ण उपलब्धी मानिन्छ । सुरुङ जोडिएपछि प्रर्वद्धक, सिभिल ठेकेदार एसियन इन्फ्रास्ट्रक्चरका प्राविधिक र कर्मचारीहरुले खुसीयाली मनाएका छन् । तीन वर्षअघि ४ ठाउँबाट सुरुङ निर्माण शुरु भएको थियो ।

बन्दीमा राहुघाट खोला फर्काएर अण्डर सुलुसबाट पानी बगाएर बाध निर्माणलाई तिब्रता दिएको छ । बाँध नजिकै पानी थिग्राउने पोखरी निर्माण सकिएको छ । मलाङको आउटलेट देखि चिमखोलाको बगरखोला र राहुघाटको दोभानमा निर्माणाधिन बाँध जोड्ने ९०० मिटर पाइप लाइन जडान भैरहेको छ ।

३०० मिटर पेनस्टक पाइप जोड्न बाँकी छ । आउटलेट र विद्युतगृहको उचाई ३५० मिटर छ । विद्युतगृह निर्माणलाई अन्तिम रुप दिनुका साथै इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम ४० प्रतिशत सकिएको छ ।

Bhautik ministry notice about road

तुँदीले राहुघाटमा एकै साथ २ वटा जलविद्युत आयोजना निर्माण गरिरहेको छ । मंगले राहुघाटको विद्युगृह नजिकै बगरखोलाको पानी मिसाएर ४८.५ मेगावाट विद्युत उत्पादन गर्ने अर्को अपर राहुघाट जलविद्युत आयोजना निर्माणाधिन छ ।

करिब रु. १४ अर्ब लागतमा वि.स. २०७७ मा शुरु भएका २ वटै आयोजनाको ८५ प्रतिशत भौतिक निर्माण सकिएको आवासीय ईञ्जिनियर तिमिल्सीनाले बताउनुभयो । बगर देखि दग्नाम गाउँको फेदीमा निर्माणाधिन विद्युतगृह जोड्ने अपर राहुघाटको ४ हजार ९०० मिटर लामो सुरुङ ६ महिनाअघि ब्रेक थ्रु भएको थियो ।

अपर राहुघाटको विद्युतगृह ७५ प्रतिशत र बाँध निर्माणको ५० प्रतिशत भौतिक प्रगति भएको छ । मंगले राहुघाटको सन् २०२४ को डिसेम्बर र अपर राहुघाटको जुन महिनामा विद्युत उत्पादन गर्ने तयारी गरिएको छ ।

उत्पादीत बिद्युत केन्द्रिय प्रशारण लाइनमा जोड्न रघुगंगा–३ अम्बाङमा बन्न लगेको राहुघाट सबस्टेशन देखि चिमखोलासम्म २०० केभी क्षमताको १४ किलोमिटर दुरीको प्रशारण लाइन बनाउन थालिएको छ । ४९ वटा मध्य १७ वटा टावर खडा भएको, ८ वटाको जग खनिएको र बाँकी निर्माणाधिन रहेका छन् ।

नेपाल विद्युत प्राधिकरणले अम्बाङमा सवस्टेशन निर्माणमा ढिलाई गरेकाले वैकल्पिक माध्यमबाट विद्युत राष्ट्रिय प्रशारणमा आवद्ध गराउने तयारी गरिएको छ । राहुघाट नदीको सहायक ठुलोखोलामा संयुक्त उर्जा प्रा.लीले २१.३ मेगावाट क्षमताको ठुलोखोला र ठुलोखोला हाइड्रोपावर लिमिटेडले २२.५ मेगावाट क्षमताको माथिल्लो ठुलोखोला जलविद्युत आयोजना निर्माण गरिरहेका छन् ।

राहुघाट नदीमै नेपाल बिद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलबिद्युत आयोजना निर्माण गरिरहेको छ । राहुघाटको ७५ प्रतिशत पूर्वाधार निर्माण सकिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...