डढेलोले पाइपलाइनमा क्षति, खानेपानीको हाहाकार, सिचाईको समस्या

Gandaki Pardesh notice

बेनी, म्याग्दीको वन क्षेत्रमा डढेलोका कारण पाइपलाइनमा क्षति पुगेपछि वस्तीमा खानेपानी र खेतीयोग्य जमिनमा सिचाईको अभाव भएको छ ।

बेनी नगरपालिका, मंगला र अन्नपूर्ण गाउँपालिकाको १० भन्दा बढी ठाउँमा डढेलोले मुहानबाट बस्ती तथा खेतबारीसम्म पानी ल्याउने पाइपलाईनमा क्षति पुगेको छ । खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दीका प्रमुख झलक मोहन ओझाले डढेलोका कारण जिल्लाभर खानेपानी र सिचाई आयोजनाको पाइपलाईनमा ठूलो क्षति पुगेको बताउनुभयो ।

“मंगलाको ७ वटा र अन्नपूर्ण गाउँपालिकाको ३ ठाउँबाट डढेलोले क्षति पुगेको पाइपलाईन मर्मतका लागि माग आएको छ,” उहाँले भन्नुभयो “क्षतिका कारण पाइपको माग थपिने क्रम जारी छ ।”

Shreekrishna hardwear in news

पानीको मुहान देखि गाउँ बस्तिमा पानी ल्याउन जमिनभित्र गाडेको पाइप पनि डढेलोका कारण पग्लीएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । उहाँका अन्नपूर्ण गाउँपालिकाको घार र सोबन्दे टोलमा डढेलोले पाइप लाइनमा क्षति पु¥याएपछि खानेपानीको हाहाकार मच्चिएको छ ।

Bhautik ministry notice about road

मंगला गाउँपालिकाका उपाध्यक्ष पेमा अधिकारीले बरंजा र अर्मनमा डढेलोबाट खानेपानी र सिचाई आयोजनाको पाइपलाइनमा क्षति पुगेको बताउनुभयो । म्याग्दीका ५९ ठाउँमा लागेको डढेलोबाट ६९३ हेक्टर वन क्षेत्र नष्ट भएको डिभिजन वन अधिकृत बिष्णु अधिकारीले बताउनुभयो ।

पालिका तहमा रहेका सब डिभिजन वन कार्यालयबाट डढेलोको क्षतिको विवरण संकलन भइरहेको उहाँले बताउनुभयो । बेनी नगरपालिका–२ भकुण्डेका चन्द्रबहादुर घिमिरेले ३ दिनदेखि लागेको डढेलोले १ किलोमिटर भन्दा बढी पाइप डढेपछि खानेपानी र सिचाइको अभाव भएको बताउनुभयो ।

बेनी नगरपालिका–२ मा पर्ने ज्यामरुककोट, कन्थरथान, भकुण्डे क्षेत्र धुँवाको मुस्लोले छोपिएको र वायु प्रदुषणका कारण असहज भएको घिमिरेले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बुधबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले डढेलोका कारण क्षति भएका खानेपानी र सिचाई आयोजना पुननिर्माणका लागि बजेट व्यवस्थापनका लागि माग गर्ने निर्णय गरिएको बताउनुभयो ।

गोठालाहरुले घाँसका लागि, शिकारीले वन्यजन्तु भगाउन र खेतबारीको झारपात नष्ट गर्ने क्रममा सावधानी नअपनाउँदा डढेलोको समस्या बढेको छ । भिरालो जमिन, भौगोलिक विकटता र पानीको सहज उपलब्धता नहुने भएकाले डढेलो नियन्त्रण गर्न चुनौति देखिएको छ ।
डढेलोको धुँवाले वन विनाससँगै वातावरण पनि प्रदूषित भएको छ । डिभिजन कार्यालयको अभिलेख अनुसार म्याग्दीको २ लाख २९ हजार ७ सय ६ हेक्टर क्षेत्रफल मध्ये ३६.७६ प्रतिशत वन, १.८५ झाडी, २१.२७ प्रतिशत क्षेत्र चरन क्षेत्रले ओगटेको छ । डढेलो लगाउने व्यक्तिलाई क्षति भएको बिगो असुल गरी तीन वर्षसम्म कैद वा रु ६० हजारसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...