जलजलामा हुक्का प्रतिबन्ध

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको सदरमुकाम बेनी बजारसँग सिमाना जोडिएको पर्वतको जललजा गाउँपालिकाले हानीकारक सुर्तिजन्य पदार्थ हुक्का सेवनमा प्रतिबन्ध लगाएको छ ।

चैत २१ गतेको कार्यापालिकाको बैठकको निर्णय अनुसार सोमबारदेखि सार्वजनिक स्थलमा हुक्का सेवनमा प्रतिबन्ध लगाइएको हो । हुक्काको साथै सस्ता र गुणस्तरहीन मदिरालाई पनि रोक लगाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले बताउनुभयो । हुक्का प्रयोगमा प्रतिबन्ध लगाउनु अघि होटल र व्यवसायीहरुसँग छलफल गरिएको थियो ।

स्थानीय वातावरण र मानव स्वास्थ्यमा प्रतिकुल असर गर्ने, हानिकारक र लागु औषधको लत बसाउने भएकाले हुक्का प्रयोग गर्न प्रतिबन्ध लगाएको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।

Shreekrishna hardwear in news

“हुक्का खैनी, चुुरोट भन्दा पनि बढी हानिकारक सुर्तिजन्य पदार्थ हुक्का किशोर किशोरीहरुलाई लागु औषधको लतमा फलाउने कारण बनेको छ,” उहाँले भन्नुभयो “सामाजिक र सुुरक्षा चुुनौति बढाएकाले नगर क्षेत्रमा हुक्का प्रतिबन्ध लगाइएको हो ।”

यसअघि म्याग्दीको बेनी नगरपालिकाले किसोर÷किसोरी तथा युवा÷युवतीमा मौलाउँदो हुक्का विकृतिलाई रोक्न फागुन १६ गतेदेखि होटल, रेष्टुरेन्ट समेत सार्वजनिक स्थलमा जनस्वास्थ्यलाई गम्भीर असर गर्ने हुक्का बिक्री तथा सेवनमा प्रतिबन्ध लगाएको थियो ।

Bhautik ministry notice about road

बेनीमा प्रतिबन्ध लगाएपछि हुक्काका अम्मलीहरु पर्वतको जलजला, म्याग्दीकै रघुगंगा र मंगला गाउँपालिकामा जान थालेका थिए । जलजलाका साथै रघुगंगा गाउँपालिकाले पनि हुक्का सेवन र बिक्री वितरणमा रोक लगाउने तयारी गरेको छ ।

हुुक्का सेवन गर्ने युवा युुवति बढ्दो क्रममा छन् । चुुरोट भन्दा कम असर गर्छ भन्ने गलत धारणा र विभिन्न फेलेबर (स्वाद)मा पाइनुले युवा पुस्ता यसप्रति आकर्षित भएका हुन् । कफि पसल, रेष्टुुरेन्ट र बार हुुक्का सेवन स्थल हुुन् ।

हुुक्का तान्ने सेन्टरहरु तन्नेरी पुस्तामा अपराध फैलाउने माध्यमको थलो बनेको सुरक्षा निकायको विष्लेषण छ । हुुक्काले सामाजिक मर्यादा भत्काएको छ । स्वास्थ्य सम्बन्धी अध्ययन प्रतिवेदनहरुका अनुसार एक पटक हुक्का सेवन गर्दा १० देखि १५ खिल्ली चुरोट सेवन गर्नुु बराबर हो ।

एक घण्टा हुक्का सेवन गर्दा १०० देखि २०० वटा च चुरोट सेवन गर्नु जस्तै हो । हुुक्कामा निकोटिन, भारी धातु, कार्वन मोनोक्साइड, कार्सिनोजेनको मात्रा बढी हुन्छ । जसले स्वास्थ्यमा गम्भीर असर गर्दछ ।

अत्याधिक हुक्का सेवनले संक्रमणको सम्भावना बढ्नुका साथै फोक्सो सम्बन्धी रोग, मुख, अन्ननली, मुत्रथैली, स्तन, पाठेघरको क्यान्सर र मुटुसम्बन्धी रोगको जोखिम बढने चिकित्सकहरुले बताएका छन् । धुु्रमपान गर्ने व्यक्तिमा अकाल मृत्यु हुने सम्भावना धु्रमपान नगर्ने व्यक्तिको भन्दा २ देखि ३ गुण बढी हुुन्छ । निष्क्रिय धुम्रपान गर्ने व्यक्तिमा मुटु सम्बन्धी रोग र फोक्सोको क्यान्सर हुने उच्च जोखिम हुन्छ ।
स्थानीय सरकार संञ्चालन ऐन ०७४ परिच्छेद ३ को धारा ११ को उपधारा ञ को १४ नं दफामा ‘स्थानीयस्तरमा जनश्वास्थ्यमा प्रतिकुल असर पर्ने किसिमका उपभोग्य वस्तुहरुको बेचविखन र उपभोग तथा वातावरणीय प्रदुषण र हानीकारक पदार्थहरुको नियन्त्रण, अनुगमन तथा नियमन गर्ने अधिकार’ उल्लेख भए अनुसार स्थानीय तहहरुले होटल तथा रेष्टुरेन्ट ब्यवसायीकै सहकार्यमा सार्वजनिक स्थलमा हुक्का सेवन तथा बिक्रीमा प्रतिबन्ध लगाएका हुन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...