अपर र मंगले राहुघाट जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा

Gandaki Ghumau

चिमखोला, म्याग्दीको रघुगंगा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा एउटै प्रर्वद्धक कम्पनीका २ वटा जलविद्युत आयोजना एकैसाथ निर्माणको अन्तिम चरणमा पुगेका छन् ।

तुँदी पावर कम्पनी प्रर्वद्धक रहेको ४८.५ मेगावाट क्षमताको अपर राहुघाट र ३७.५ मेगावाट क्षमताको राहुघाट मंगले जलविद्युत आयोजनाको ८५ प्रतिशत भौतिक प्रगति भएको हो ।

तुदी पावरका आवासीय ईञ्जिनियर प्रकाश तिमिल्सीनाले २ वटै आयोजनाको भौतिक संरचना निर्माणको अन्तिम चरणमा रहेको, विद्युतगृहमा उपकरण जडान र प्रशारण लाइन निर्माणलाई तिब्रता दिएको बताउनुभयो ।

Shreekrishna

“४ हजार ९०० मिटर लामो सुरुङको ब्रेक थ्रु भइसकेको अपर राहुघाटको सन् २०२५ को जुन महिनाभित्र विद्युत उत्पादन गर्ने लक्ष्य सहित बाँध निर्माणलाई पूर्णता दिन केन्द्रित भएका छौ, उहाँले भन्नुभयो “सन् २०२४ को डिसेम्बर मा विद्युत उत्पादन गर्ने तयारी गरिएको मंगले राहुघाटको ५ हजार ३२८ मिटर लामो सुरुङ यही महिनाभित्र ब्रेक थु्र गर्ने तयारीमा छौ ।”

दुई वटै आयोजना वि.स. २०७७ देखि निर्माण शुरु भएको थियो । राहुघाट मंगलेको सुरुङ निर्माण गर्न १५ मिटर मात्र बाँकी छ । बन्दीमा बाँध निर्माणको काम ९७ प्रतिशत सकिएको छ । आउटलेट देखि चिमखोलाको बगरमा निर्माणाधिन विद्युतगृहमा ९०० मिटर लामो र ३५० मिटर उचाईमा पेनस्टक पाइपलाइन जडान गर्ने काम जारी छ ।

Gunasthariya Shiksya

६५० मिटर पेनस्टक पाइप जडान भएको छ । ९५ प्रतिशत भौतिक प्रगति भएको विद्युगतृहमा उपकरण जडान भइरहेको छ । मंगले राहुघाटको विद्युतगृह नजिकै अपर राहुघाटको बाँध निर्माणको काम ५० प्रतिशत सकिएको छ । ६ महिनाअघि ब्रेक थु्र भएको अपर राहुघाटको सुरुङलाई फिनिसिङ भैरहेको छ ।

आउटलेट देखि विद्युतगृहसम्म पेनस्टक पाइपलाइन र विद्युतगृहमा उपकरण जडानलाई तिब्रता दिएको ईञ्जिनियर तिमिल्सीनाले बताउनुभयो । दुई वटै आयोजना निर्माणमा रु. १३ अर्ब भन्दा बढी लगानी हुने अनुमान गरिएको छ ।

उत्पादीत बिद्युत केन्द्रिय प्रशारण लाइनमा जोड्न रघुगंगा–३ अम्बाङमा बन्न लगेको राहुघाट सबस्टेशन देखि चिमखोलासम्म २०० केभी क्षमताको १४ किलोमिटर दुरीको प्रशारण लाइन बनाउन थालिएको छ । ४९ वटा मध्य १७ वटा टावर खडा भएको, ८ वटाको जग खनिएको र बाँकी निर्माणाधिन रहेका छन् ।

नेपाल विद्युत प्राधिकरणले अम्बाङमा सवस्टेशन निर्माणमा ढिलाई गरेकाले वैकल्पिक माध्यमबाट विद्युत राष्ट्रिय प्रशारणमा आवद्ध गराउने तयारी गरिएको छ । राहुघाट नदीको सहायक ठुलोखोलामा संयुक्त उर्जा प्रा.लीले २१.३ मेगावाट क्षमताको ठुलोखोला र ठुलोखोला हाइड्रोपावर लिमिटेडले २२.५ मेगावाट क्षमताको माथिल्लो ठुलोखोला जलविद्युत आयोजना निर्माण गरिरहेका छन् ।

राहुघाट नदीमै नेपाल बिद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलबिद्युत आयोजना निर्माण गरिरहेको छ । राहुघाटको ७५ प्रतिशत पुर्बाधार निर्माण सकिएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...