विद्युतीय दुर्घटना न्युनीकरणका लागि सचेतना

Gandaki Pardesh notice

बेनी, । नेपाल विद्युत प्राधिकरणको म्याग्दी वितरण केन्द्रले विद्युतीय दुर्घटना न्युनीकरणका लागि सोमबार सचेतनामुलक कार्यक्रम गरेको छ ।

Bhautik ministry notice about road

प्राधिकरणको मंगलाघाट स्थित कार्यालयबाट शुरु भएको कर्मचारीहरुको ¥याली बेनी बजार परिक्रमा गरेर तल्लो मंगलाघाट हुदै सोही ठाउँमा पुगेर समापन भएको थियो । विद्युतीय दुर्घटनाका कारण र बच्ने उपाय लेखिएको प्ले कार्ड समातेर बजार परिक्रमा गरेका थिए ।

नेपाल विद्युत प्राधिकरणले हरेक वर्षको चैत २६ गते विद्युतीय सुरक्षा दिवस मनाउदै आएको छ । अनावश्यक रुपमा विद्युतको उपभोग नहोस, यसको किफायती उपभोग होस र उपभोग गर्दा सुरक्षित रहन सन्देश प्रवाह गर्ने उद्देश्यले सचेतनामुलक कार्यक्रम गरिएको नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख प्रताप बरालले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...