गणतन्त्र दिवसमा अन्तर मावि लोक गित प्रतियोगिता

Gandaki Pardesh notice

बेनी, । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले जिल्ला स्तरीय अन्तरमावि लोक गीत प्रतियोगिता आयोजना गर्ने भएको छ ।

१७ औँ गणतन्त्र दिवसको अवसर पारी आगामी जेठ १५ गते बेनीमा प्रतियोगिता आयोजना गर्न लागिएको सोमबार प्रतिष्ठानको कार्यालयमा आयोजित पत्रकार सम्मलनमा जानकारी गराईएको हो ।

लोक गीततर्फ विद्यार्थीहरुको रुचि अभिवृद्धि गराउने तथा उनिहरुभित्र रहेको प्रतिभालाई उजागर गराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको प्रतिष्ठान म्याग्दीका अध्यक्ष ध्रुव जिसीले बताउनुभयो ।

Shreekrishna hardwear in news

उहाँका अनुसार प्रतिष्ठानले स्थापना गरेको कलाकार कल्याकारी कोष वृद्धि गर्ने पनि प्रतियोगिताको लक्ष रहेको छ । प्रतियोगिताको प्रथम, द्वित्तिय, तृतिय र शान्त्वना पुरस्कार क्रमशः २५ हजार ५ सय ५५, १५ हजार ५ सय ५५, १० हजार ५ सय ५५ र ५ हजार ५ सय ५५ रुपैयाँ ट्रफि र प्रमाणपत्र रहेको छ ।

प्रतियोगिता संचालनका लागि रु. ४ लाख ८० हजार खर्च अनुमान गरिएको छ । जिल्ला स्थित स्थानीय तहहरुबाट सहयोग, प्रायोजक तथा सहप्रायोजक तथा अन्य संघ, संस्था र व्यक्तिहरुबाट प्राप्त हुने सहयोगलाई मुख्य आम्दानी बनाईएको छ ।

Bhautik ministry notice about road

प्रतियोगिता संचालनका लागि सचिवालय व्यवस्थापन, आर्थिक व्यवस्थापन, प्रचारप्रसार, मञ्च तथा ध्वनी व्यवस्थापन लगायतका १३ वटा उपसमिति गठन गरि तयारी सुरु गरिएको अध्यक्ष जिसीले बताउनुभयो ।

जिल्ला भित्रका मावि विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन । एकल लोक गायन भएकाले एक विद्यालयबाट एक जना मात्र विद्यार्थीले सहभागिता जनाउन पाउनेछन ।

प्रतियोगीले सामाजिक सचेतना, जागरण तथा समसामयिक विषयवस्तुका गीतहरु गाउनु पर्ने प्रतिष्ठान म्याग्दीका महिला उपाध्यक्ष तथा प्रचारप्रसार उपसमिति संयोजक देवि जिसीले बताउनुभयो ।

कार्यक्रममा प्रतिष्ठान म्याग्दीका निवर्तमान अध्यक्ष देवेन्द्र घिमिरे, पुर्व अध्यक्ष कृष्ण जिसी, तृतिय उपाध्यक्ष सुनिल बानियाँ, सहसचिव नारायण पौडेल लगायत कार्य समिति सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिष्ठानले अघिल्लो वर्षका गणतन्त्र दिवसमा पनि अन्तरमावि लोक गीत प्रतियोगिता आयोजना गरेको थियो । उक्त प्रतियोगितामा जनता मावि दग्नामकी अस्मिता सेन्चुरीले प्रथम स्थान हासिल गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...