म्याग्दीका पशुगोठ लेक उक्लिन थाले

Gandaki Pardesh notice

बेनी, ः म्याग्दीका पशुगोठ लेकतर्फ उक्लिन थालेका छन् ।

गर्मी बढेसँगै बोटबिरुवा र घाँसका पालुवा खुवाउदै गोठालाहरु बेशीबाट लेकतर्फ लागेका हुन् । चिसोमा न्यानोका लागि बेशी झारिएका भेडाबाख्रा, गाईभैसी, घोडा र चौरी गाईका घुम्ति गोठहरु लेकतर्फ उक्लन थालेका हुन् ।

रघुगंगा गाउँपालिका–८ का भेडापालक कृषक पदम छन्त्यालले पात्लेखर्क, सानो धुरी, ठूलो धुरी, रिहगाड हुदै असारको पहिलो साता रिरुको बुकी पुग्ने गोठ भदौ महिना सम्म त्यहाँ रहने बताउनुभयो ।

Shreekrishna hardwear in news

“उभौली लागेपछि गोठ लेकतर्फ उकाल्न थालेका छौ । पालुवा पलाउदै गरेको पोषिलो घाँस खुवाउन २÷३ दिनका ठाउँ फेर्दै गोठ सार्दै सार्दै ४ हजार ८ सय मिटर उचाईको रिरुको बुकीमा पुग्छौ,” उहाँले भन्नुभयो “गोठालालाई चाहिने खाद्यान्न, लत्ताकपडा र भेडालाई नुन सँगै बोकेर हिडेका छौ ।”

Bhautik ministry notice about road

४० वर्षीय छन्त्यालले वैदेशिक रोजगारको विकल्पमा बाबु बाजेले गर्दै आएको भेडापालनलाई निरन्तरता दिनुभएको छ । उहाँले ४०० भेडा पाल्नु भएको छ । पशुका लागि पोषिलो घाँस पाइने हिमाली चरन क्षेत्रलाई बुकी र गाईबस्तुको गोठ राख्ने ठाउँलाई खर्क भनिन्छ ।

असार, साउन र भदौका ३ महिना बुकीमा चराएपछि असोजमा ओरालो लाग्ने गोठहरु दशैको असपासका गाउँबस्ती नजिकै ल्याउने चलन छ । हिउँदमा बेशीका फाँटमा ल्याइने गोठहरु बर्खामा हिमालको फेदीका बुकीमा पुग्ने गर्दछन् ।

गाईभैसी, गोरु र भेडाबाख्राको बथानलाई अघि लगाउदै गोठालाहरु बन्दोबस्तीका सामान बोकेर गोठालाहरु लेकतर्फ लागेका छन् । करिब ३÷४ महिना लेकमा बिताउँदा उनीहरूले चोयाका विभिन्न सामग्री बुन्ने, घ्यू उत्पादन गर्ने र बेच्ने धवलागिरी गाउँपालिका–३ मुनाका ७६ वर्षीय गंगबहादुर पहरे पुनले बताउनुभयो ।

वस्तुभाउलाई घाँस खुवाउनकै लागि उनीहरू लेकमा गोठ लैजाने गर्छन् । लेकका बुकीका चरन क्षेत्रलाई गाउँ अनुसार विभाजन गरिएको छ । पहिले हरेक घरको एउटा गोठ लैजाने गरेकोमा पछिल्लो समय गाईगोरु पाल्ने चलन घटेकाले एउटा टोलभरीको गाईबस्तु लिएर एक जना गोठ जाने गरेका छन् ।

म्याग्दीमा करिब २०० घुम्ति गोठ रहेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको विवरण छ । घुम्ति गोठका लागि सोलार, गोठालाहरुलाई बुट लगायत सामान र खर्कमा गोठ बनाउन सहयोग गरिएको केन्द्रका प्राविधिक गणेश रिजालले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...