प्रथम निलगिरी कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

Gandaki Pardesh notice

बेनी, । बेनीमा आइतबार प्रथम निलगिरी कप म्याग्दी जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

२ दिनसम्म सञ्चालन भएको प्रतियोगिताको सि लेभलमा अभिशेक नेपाली र सफल कडेल, डि लेभलमा ललिन्द्र थापामगर र पुर्ण पुर्जा मगरको जोडीले उपाधी जित्नु भएको छ ।

सि लेभलमा लोकेश पुन र बिक्रम सुवेदी तथा डि लेभलमा मदन लामा र सागर मगरातीको जोडी उपबिजेता भएको आयोजक निलगिरी यातायात प्रा.ली.का सञ्चालक यज्ञबहादुर थापा (बिजय)ले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

सि लेभलमा जिवन कार्की र तारा पुन तथा टिका पुर्जा र दल पुन तितृय बन्नुभयो । डि लेभलमा प्रविण शाही र बिजय किसान तथा सोम घले र अमन घलेको जोडी तृतीय हुनुभएको छ ।

नयाँ वर्ष २०८१ को अवसरमा बेनीको कालीपुल कवर्डहलमा म्याग्दी जिल्ला स्तरीय सि र डि लेभल ब्याडमिन्टन प्रतियोगिता सञ्चालन भएको हो । सि लेभल प्रतियोगितामा मेडल र प्रमाणपत्र सहित बिजेतालाई रु. ३० हजार, उपबिजेतालाई रु. २० हजार र सेमी फाइनलबाट बाहिरिने २ टिमलाई रु. ५÷५ हजार नगद पुरस्कार प्रदान गरिएको निलगिरी यातायात प्रा.ली.का अध्यक्ष प्रविण शाहीले बताउनुभयो ।

सि लेभलको दर्ता शूल्क रु. ३ हजार रहेको थियो । डि लेभल प्रतियोगितामा मेडल र प्रमाणपत्र सहित बिजेतालाई रु. २० हजार, १२ हजार र सेमी फाइनलबाट बाहिरिने २ टिमलाई रु. ४÷४ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । स्वास्थ्य, सदभाव, अनुसासन कायम र मित्रताका लागि यातायात व्यवसायी कम्पनीको सामाजिक उत्तरदायित्व अन्र्तगत खेलकुद प्रतियोगिता आयोजना गरेको अध्यक्ष शाहीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...