जडिवुटीको पहिचान, संरक्षण र प्रयोगका लागि कुहुँमा अभिमुखीकरण

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँका बासिन्दालाई शनिबार जडिवुटीको पहिचान, संरक्षण र प्रयोगका विषयमा अभिमुखीकरण गरिएको छ ।

मंगला गाउँपालिका सँगको सहकार्यमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीले वडा नम्बर १ को कार्यालय कुहुँमा आयोजना गरेको कार्यक्रममा स्थानीय स्तरमा उपलब्ध हुने जडिवुटीको पहिचान, महत्व र प्रयोग गर्ने तरिकाका विषयमा जानकारी गराउनुका साथै संरक्षणका लागि अनुरोध गरिएको थियो ।

Bhautik ministry notice about road

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख दामोदर शर्माको अध्यक्षता र वडा अध्यक्ष एकजित रोकाको अध्यक्षतामा भएको कार्यक्रममा आयुर्वेद चिकित्सक मधुरजी ढकालले जडिवुटीको पहिचान र महत्व थाहा पाउन सकिएमा सामान्य स्वास्थ्य समस्याको घरमै उपचार गर्न सकिने बताउनुभयो ।

Shreekrishna hardwear in news

सहायक लेखापाल सुवास पौडेलले सञ्चालन, दिपशिखा माविका प्रअ नन्दबहादुर खत्रीले शुभकामना मन्तब्य र वैद्य निरिक्षक प्रेमप्रसाद गौतमले स्वागत गर्नुभएको कार्यक्रममा ४५ जनाको सहभागिता रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका अभ्यङगकर्ता शिशिर बानियाले जानकारी दिनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...