मौवाफाँटमा मुक्तिनाथका सेयर सदस्यलाई प्रशिक्षण

Gandaki Pardesh notice

बेनी। रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा शनिबार मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्थाका सेयर सदस्यहरुलाई प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

६७ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रममा २२ जनाले सात हजार ७५० कित्ता सेयर खरिद गरेका छन् । निश्क्रिय सदस्यहरुको संस्थाले फिर्ता गरेको सेयर नयाँ सदस्यलाई बिक्री गरेको अध्यक्ष लीलाराम गौतमले बताउनुभयो ।

Bhautik ministry notice about road

“अहिलेको असहज र प्रतिकुल अवस्थाका बावजुद पनि हाम्रो सदस्यामा नयाँ सदस्य थपिने क्रम बढ्नुले उत्साह र सहकारी प्रति सदस्यहरुको विश्वास कायमै रहेको ठहर गरेका छौ,” उहाँले भन्नुभयो “सहकारीमा सुशासन हुने हो भने सदस्यहरुको विश्वास नघट्ने सन्देश दिएको छ ।”

Shreekrishna hardwear in news

संस्थाका अध्यक्ष गौतमको अध्यक्षता र सञ्चालक जयराम सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष दण्डपाणी सापकोटाले मन्तब्य र सेवा केन्द्र संयोजक लक्ष्मीप्रसाद सुवेदीले स्वागत गर्नुभएको थियो ।

दिवसको अवसरमा यसअघि बेनीमा पनि सेयर सदस्यहरुलाई प्रशिक्षण दिएको थियो । बेनीमा मुख्य कार्यालय रहेको मुक्तिनाथ सहकारीको घतान र मौवाफाँटमा सेवा केन्द्र रहेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...