जलजलाका मेलमिलापकर्तालाई क्षमता अभिवृद्धि तालिम

Gandaki Pardesh notice

बेनी, । पर्वतको जलजला गाउँपालिकाका मेलमिलापकर्ताहरुको लागि क्षमता अघिवृद्धि सम्बन्धी तालिम शुक्रबारदेखि पर्वत बेनीमा शुरु भएको छ ।

२ दिनसम्म सञ्चालन हुने तालिमको उद्घाटन गर्नुहुदै प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यले पालिका स्तरमा मेलमिलाप कर्ताहरुले अत्यन्तै महत्वपुर्ण भूमिका खेल्दा धेरै समस्याहरु समुदाय स्तरमै समाधान हुने र अदालतको चक्कर काट्नु पर्ने अबस्थामा कमि ल्याउने हुँदा मेलामिलापकर्ताहरुले अत्यन्तै बुद्दिमत्ता तरिकाले काम गर्नुपर्ने बताउनुभयो ।

जलजला गाउँपालिकाका प्रशासकिय अधिकृत फणिन्द्र प्रसाद आचार्यले संविधानले देवानी प्रकृतिका मुद्दाहरु मिलाउने तरिकाले गाउँपालिकामा मेलामिलाप गराउन न्यायिक समित गठन गरेको र यसले गर्दा दुवै पक्षले जितेको आभास गराउने गरि न्यायिक समितिले भुमिका खेलेको बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

त्यसैगरी कार्यक्रममा कार्यपालिका सदस्य भीमसेन बराइलीले स्थानिय तहहरुलाई दिइएका विभिन्न जिम्मेवारीहरु मध्ये महत्वपुर्ण बिभाग भएको बताउनुभयो । उहाँले यो तालिम अघिल्लो वर्ष दिइएको ४८ घन्टे तालिमको पुनार्ताजागी भएको बताउंदै गाउँ घरमा भैरहने विभिन्न खालका मुद्दाहरु समितिको सहयोगमा समाधान हुनेगरेको बताउनुभयो ।

कार्यक्रममा वडा नं ७ का अध्यक्ष टुंगनाथ शर्मा, नेकपा माओबादी प्रदेश कमिटी सदस्य दुर्गा बहादुर दर्जी, नेकपा एमाले जलजलाका अध्यक्ष बाबुराम कार्की, नेपाली कांग्रेस जलजला गाउपालिकाका सचिव नविन जिसी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

जिल्ला प्रशासन कार्यालय पर्वतका प्रशासकिय अधिकृत अर्जुन शर्माले “बिबाद वा द्वन्दको परिचय, कारण र स्थानीय विवाद निरुपनामा वडा कार्यालय तथा न्यायिक समितिको भूमिका “विषयमा र जिल्ला अदालत पर्वतका जिल्ला न्यायधिश विजयराज पौडेलले “मेलमिलापको अर्थ, मेलमिलापको प्रकार, मेलमिलापकर्ताको अनुभव, समस्या, समस्याको सम्बोधन र सरोकारवाला संगको सम्बन्ध” विषयमा सहजीकरण गर्नुभएको थियो ।

तालिमको उद्घाटन सत्र जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यको अध्यक्षता, प्रशासकीय अधिकृत फणिन्द्र प्रसाद आचार्यको स्वागत र संचालन गाउँपालिकाका अधिकृत त्रिविक्रम आचार्यले गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...