रत्नेचौर लिफ्ट खानेपानी आयोजनाको काम सूचारु

Gandaki Pardesh notice

बेनी ः म्याग्दीको बेनी नगरपालिका–१ को रत्नेचौर ‘लिफ्ट’ खानेपानी आयोजना निर्माण कार्य सूचारु भएको छ ।

कालीगण्डकीको पानी तानेर रत्नेचौर, उपल्लाचौर र सालघारीमा २४३ घरधुरीमा निजी धारा मार्फत बितरण गर्ने लक्ष्य अनुसार करिब रु. ३ करोडको लागतमा ४ वर्षअघि शुरु भएको आयोजनाको इनार निर्माण स्थलमा ढुङ्गा र माग अनुसार पानीको स्रोत नभेटिएपछि १ वर्षदेखि काम रोकिएको थियो ।

खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दीका प्रमुख झलक मोहन ओझाले नयाँ ठाउँमा मुहान बनाउने नक्सा परिवर्तन र भेरियसन अर्डर स्विकृत भएपछि ठेकेदारले निर्माणको काम सूचारु गरेका जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

“डिजाइन (नक्साङकन) अनुसार सिम स्थित कालीगण्डकी किनारमा इनार खन्ने क्रममा ढुङ्गा भेटिएको र माग अनुसार पानीको स्रोत नभएपछि रत्नेचौर लिफट् खानेपानी आयोजना क्रोनिक (रुग्न) बनेको थियो,” उहाँले भन्नुभयो “सिम भन्दा करिब ५०० मिटर माथि लामगरा स्थित कालीगण्डकी किनारमा नयाँ मुहान बनाउने नक्सा र लागत स्विकृत भएपछि इनार खन्ने र आयोजनाको अन्य संरचना निर्माणले तिब्रता पाएको छ ।”

गत फागुन अन्तिम साता गण्डकी प्रदेशको उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयका सचिव गणेशराज वस्ति सहितको टोलीले आयोजना निर्माण स्थलको स्थलगत निरिक्षण गरेपछि नयाँ डिजाइन र लागत स्विकृत भएको थियो । त्यसपछि ठेकेदारले काम सूचारु गरेका बेनी नगरपालिका–१ रत्नेचौरका वडा अध्यक्ष टेकबहादुर थापाले बताउनुभयो ।

Bhautik ministry notice about road

सिम स्थित कालीगण्डकी बगरको सतहदेखि ३ मिटर गहिरो इनार खन्ने क्रममा ढुङ्गा भेटिएपछि वैकल्पिक ठाउँमा मुहान पहिचान गरेर इनार खन्ने काम अन्तिम चरणमा पुगेको छ । कुल रु. ६ करोड ७६ लाख लागत अनुमान गरिएको योजनाको मुहानमा इनार, मुख्य लाइन, संकलन, रिजर्भ र बितरण टंकी लगायत संरचना निर्माण गर्न प्राकृतिक–प्रदिप–जुम्ली जेभी बिच २०७७ असार २४ गते रु. २ करोड ७५ लाख ३६ हजार ५०६ मा ठेक्का सम्झौता भएको थियो ।

खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दीका अनुसार २०७९ असार २३ गतेसम्म निर्माण सम्पन्न हुनुपर्ने योजनाको हालसम्म ४० प्रतिशत मात्र भौतिक प्रगति भएको छ । रत्नेचौरका बासिन्दा इश्वर बरुवालले धारा निर्माण भएको डेढ वर्ष सम्मपनि पानी वितरण नभएको गुनासो गर्नुभयो ।

“श्रमदान वापत प्रतिघर रु. ३ हजारका दरले नगद पनि बुझाएका छौ,” उहाँले भन्नुभयो “खान, गाइवस्तुलाई खुवाउन र सरसफाईका लागि आवश्यक पानी सार्वजनिक धाराबाट पाइपमा जोडेर आपुर्ति गर्नुपरेको छ ।”

रत्नेचौरमा बि.स २०३५ सालमा निर्माण भएको खानेपानी आयोजना जिर्ण र अव्यवस्थित छ । जिर्ण संरचना र मुहान सुक्दै गएकाले पर्याप्त पानी आपुर्ति हुन सकेको छैन् । आयोजना निर्माणमा भएको ढिलाइले घरघरमा धाराबाट शुद्ध खानेपानी उपभोग गर्न पाउने आशा गरेका नागरिक निराश बनेका स्थानीय ओमबहादुर रोकाले बताउनुभयो ।

हालसम्म १ वटा आरसिसी टंकी निर्माण सकिएको छ । ६५ घनमिटर र २५ घनमिटर क्षमताको २ वटा टंकी निर्माण सकिएको छ । मुख्य पाइपलाइन जडान र गाड्ने, शाखा लाइन खन्ने गाड्ने काम बाँकी छ । चालु आर्थिक वर्ष भित्रनै आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य सहित काम भैरहेको कार्यालय प्रमुख ओझाले बताउनुभयो ।

३० हर्सपावर क्षमताको सम्पवयलको सहायताले प्रतिसेकेण्ड ४.७ लिटर पानी ४५० मिटर माथि सालघारीमा निर्माण हुने ११५ क्यूबिक क्षमताको टंकीमा खसालेर घरघरमा धारा जडान गरेर बितरण गर्ने लक्ष्य रहेको छ । आयोजनाको बितरण लाइनको कुल दुरी १८.७ किलोमिटर छ । सिमबाट लामगरामा मुहान सार्दा मुख्य पाइपलाइनको दुरी र लागत बढेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...